मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आज देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हाल देशमा उल्लेख्य मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशका पहाडी भूभागमा आशिंक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– हाल देशमा उल्लेख्य मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशका पहाडी भूभागमा आशिंक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान पहाडी भू–भागहरूमा आंशिक  बदली रही तराईका केही भू–भागमा हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका अधिकांश पहाडी भूभागम आंशिक बदली रहने तथा अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ। 

राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।  देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Dec 20, 2021| 06:50 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।