मंगलबार, भदौ २, २०८३

युवकको विभत्स हत्या प्रकरण, एक जना पक्राउ

कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

धनगढी- कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका-९ का २५ वर्षीय अरुण दासको  हत्या गरेको आरोपमा लम्की टीकापुर क्षेत्रबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो। तर, प्रहरीले उनले नाम सार्वजनिक गरेको छैन। 

दासको शव शनिबार अर्मावति सामुदायिक वनमा फेला परेको थियो। दासको हत्यापछि उनका आफन्त र स्थानीयले हत्यारालाई पक्राउ नगर्दासम्म  शव उठाउन नदिने अडान राखेका छन्। 

उनीहरूले शव फेला परेको स्थानलाई घेराउ गरेका छन्। उनको विभत्स हत्यापछि एउटा अडियो बाहिरिएको थियो।  हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

उक्त फोन रेकर्ड मृतकी श्रीमतीबाट बरामद भएको प्रहरी जनाएको छ। मृतकी श्रीमतीलाई फोन रेकर्ड पठाउने व्यक्ति र फोनमा कुराकानी गर्ने व्यक्तिको खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित: Dec 20, 2021| 06:35 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।