सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हुथी विद्रोहीद्धारा यमनमा नयाँ क्षेत्र कब्जा गर्ने प्रयास

हुथी विद्रोहीद्धारा यमनमा नयाँ क्षेत्र कब्जा गर्ने प्रयास

यमनका विद्रोहीहरुले यमनको उत्तरपूर्वी क्षेत्रमा रहेको सो अल जबाफ नामको शहर कब्जा गर्ने प्रयास गरेका हुन्। उनीहरुले सो क्षेत्र कब्जा गर्नका लागि शनिबार रातिदेखि नै निकै प्रयास थालेका थिए।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

यमन- यमनका हुथी विद्रोहीहरुले एक नयाँ क्षेत्र कब्जा गर्ने प्रयास गरेका छन्। उनीहरुले सरकारी सुरक्षा निकायबाट सो क्षेत्र कब्जा गर्ने प्रयास थालेका बताइएको हो। यमनका विद्रोहीहरुले यमनको उत्तरपूर्वी क्षेत्रमा रहेको सो अल जबाफ नामको शहर कब्जा गर्ने प्रयास गरेका हुन्। उनीहरुले सो क्षेत्र कब्जा गर्नका लागि शनिबार रातिदेखि नै निकै प्रयास थालेका थिए। 

National life

उनीहरुले निकै नै शक्तिशाली हतियारबाट सो शहरमा आक्रमण गरेका बताइएको छ। अल जबाफ प्रान्तामा रहेको अल जबाफ शहर उनीहरुले कब्जा गर्न थालेका हुन्। उनीहरुले सो क्षेत्र निकै रणनीतिक रुपमा महत्वको रहेकाले आक्रमण थालेका र आफ्नो बनाउन खोजेका बताइएको छ। 

सो सहर साउदी अरेबियाको सीमा क्षेत्रमा पर्दछ। यहाँ हुथीहरुले अधिकांश क्षेत्रहरु कब्जामा लिइसकेका सैनिक स्रोतले जनाएको छ। 

सैनिक स्रोतकाअनुसार सो क्षेत्रका अधिकांश क्षेत्र कब्जामा लिइएको र त्यहाँबाट सुरक्षाकर्मीहरु पनि भागेर अन्यत्रै पुगेका पनि बताइएको छ। आफ्नो नाम बताउन नचाहने एकजना सैनिक अधिकारीले भने सो शहरका अधिकांश भागमा हुथीहरुले कब्जा जमाइसकेका छन्। अहिले यहाँको सेनाले साउदी अरेबयाको सहयोग रहेको छ। यहाँको सेना साउदी अरेबियाको सेनाले नेतृत्व गरेर विभिन्न हवाई कारबाही गर्ने गरेको छ। 

यसरी हुथीहरुका विरुद्धमा गर्ने गरिएको कारबाहीमा परेर कैयौँ हुथीहरुको ज्यान जाने गरेको छ। तर यो पछिल्लो आक्रमण भने हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमा क्षेत्रमा नै पुगेर गरेका बताइएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 20, 2021| 00:00 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।