बिहीबार, साउन ७, २०८३

बंगलादेशमा कोरोना भाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

बंगलादेशमा आइतबारदेखि कोरोना भाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

ढाका- बंगलादेशमा आइतबारदेखि कोरोना भाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ। 

सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन्। 

बंगलादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुआत गरेका हुन्। 

अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिए। 

अतिरिक्त खोप पनि सुरुमा अग्रपङ्क्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उनले स्पष्ट पारे। 

उनका अनुसार पत्रकार तथा धार्मिक नेताहरूलाई पनि अतिरिक्त खोपका लागि प्राथमिकताको सूचीमा राखिएको छ। 

प्रकाशित: Dec 19, 2021| 23:30 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।