मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नवनियुक्त क्रिकेट कप्तान सन्दीप भन्छन्- टिममा सबैका लागि ढोका खुला छ

नवनियुक्त क्रिकेट कप्तान सन्दीप भन्छन्- टिममा सबैका लागि ढोका खुला छ

‘छातीमा नेपालको झन्डा बोक्ने मेरो सपना थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म क्यान, नेपाली जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु।’
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्तानको जिम्मेवारी तोकेसँगै नेपाली क्रकेट विवादमा फसेको छ। 

मल्लसहितका खेलाडीलाई क्यानले कारबाही गरेपछि राष्ट्रिय स्तरमा यसको चर्चा र विरोध भइरहेको छ। यसैबीच नयाँ कप्तान नियुक्त भएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफूलाई कप्तान नियुक्त गरिएकोमा खुसी व्यक्त गरेका छन्।

उनले आइतबार सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन्। उनले नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित भएको उल्लेख गरेका छन् र आफूलाई नि: शर्त समर्थनका कृतज्ञता ज्ञापन गरेको जानकारी दिए। 

‘छातीमा नेपालको झन्डा बोक्ने मेरो सपना थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म क्यान, नेपाली जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु।’

खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै आएका मल्ललाई हटाएर लामिछानेलाई कप्तान नियुक्त गरिएको थियो भने दीपेन्द्रसिंह ऐरीको उपकप्तान पद पनि खोसेको थियो। उपकप्तानको जिम्मेवारी भने कसलाई पनि दिइएको छैन।

ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुआती ६ महिना सम्मका लागि कारबाही स्वरुप सम्झौताबापत प्राप्त हुने तलब नदिने पनि क्यानले निर्णय गरेको छ।

क्यानले मल्ललाई राष्ट्रिय टोलीको कप्तान र दीपेन्द्रसिंहलाई उपकप्तानबाट हटाएपछि अन्य खेलाडीहरुले सामाजिक सञ्जालमार्फत सांकेतिक विरोध जनाइरहेका छन्। कारबाहीमा परेका खेलाडी लगायतले नेपाली क्रिकेट नै छाड्न सक्ने आकल भइरहेको बेला सन्दीपले भने सबैलाई टिममा ढोका खुला रहेन बताएका छन्। 

‘टोलीका रूपमा हाम्रो योजना सरल रहनेछ। नेपाललाई क्रिकेट विश्वको नक्सामा प्रभावकारी रूपमा राख्ने,’ उनले लेखेका छन्,‘यो हुनको लागि, हामी एक परिवार, एक टोली, एक इकाईको रूपमा खेल्नेछौं। यस टिममा ढोका सबैका लागि खुला रहनेछ।’

यसअघि कारबाहीमा परेका खेलाडीहरुले पत्रकार सम्मेलन गर्दै वर्गीकरणमा सुधार गरेर छलफलबाट समस्या समाधान गर्न सकिने बताएका थिए। 

खेलकुदमन्त्री सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि यस बारे चासो राखेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले पनि क्यान अध्यक्षलाई फोन गरेर चासो राखेका थिए।

प्रकाशित: Dec 19, 2021| 21:50 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।