आइतबार, जेठ १७, २०८३

प्याब्सन मोरङको अध्यक्षमा सुब्बा निर्वाचित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा निर्वाचित भएकी छिन्। प्याब्सन मोरङको इतिहासमा अध्यक्ष हुने उनी पहिलो महिला हुन्।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

विराटनगर‒ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा निर्वाचित भएकी छिन्। प्याब्सन मोरङको इतिहासमा अध्यक्ष हुने उनी पहिलो महिला हुन्। 

National life

१५ औं जिल्ला अधिवेशनले सुब्बालाई निर्विरोध निर्वाचित गरेको हो। विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलकी प्रिन्सिपलसमेत रहेकी सुब्बाले निजी विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधै क्रियाशिल भएर लागि पर्ने बताएकी छिन्।  

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल निर्वाचित भएका छन्। अन्य ४ पदाधिकारीमा भने निर्वाचन भएको थियो। दुई जना उपाध्यक्षको पदमा तीन जनाले उम्मेदवारी दिएका थिए। उपाध्यक्षमा भक्तराज सुब्बा र सुरेन्द्र सुवेदी विजयी भए।

सचिवमा जगतबहादुर बस्नेत र कोषाध्यक्षमा विष्णु डंगोल निर्वाचित भए। सह‒सचिवमा मनोज रेग्मी र विकर्ण कार्की निर्विरोध भए भने सह‒कोषाध्यक्षमा भुपाल बस्नेत निर्वाचत भएका छन्।

प्रकाशित: Dec 19, 2021| 17:21 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।