मंगलबार, भदौ २, २०८३

कैलालीमा एक युवाको घाँटी रेटेर हत्या

कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ। जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ। जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

घाँटी रेटेर शरीरबाट टाउको अलग गरिएको अवस्थामा उनको शव स्थानीय अमरावती सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

रुखको फेदमा बाँधेर नग्न बनाउँदै धारिलो हतियारले घाँटी छिनालिएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ। जंगलमा घाँस काट्न गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीका अनुसार अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रदेश अनुसन्धान समूहको टीम र जिल्ला प्रहरी कार्यालयको टोलि खटिएको छ।

प्रकाशित: Dec 19, 2021| 10:45 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।