कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलिले लागूऔषधसहित एक जना पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका-४ पुरानो बसपार्कबाट सोही नगरपालिका-१८ बस्ने १८ वर्षीय अभिसेक दमाईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ।
उनको साथबाट शिखर चुरोडको डिभ्बा भित्र तयार गरेको १३ वटा पुडियामा ०.६२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ। उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।