महोत्तरी- निजी तथा आवासीय विद्यालयहरुकाे छाता संगठन प्याब्सन महोत्तरीको आठाै अधिवेशनबाट राधेश्याम सापकोटा अध्यक्षमा चयन भएका छन।
शनिबार सम्पन्न अधिवेशनमा सर्वसम्मतिबाट राधेश्याम सापकोटासहित वरिष्ठ उपाध्यक्षमा सन्जिव ठाकुर र उपाध्यक्षमा नन्द विश्वकर्मा चयन गरेको हो।
अधिवेशनले कोषाध्यक्षमा बिनिता झा, सह-कोषाध्यक्षमा राम स्नेही सिंह निर्वाचित गरेको छ। त्यस्तै दुई सचिवमा जीवन चौधरी र फेकन राउत तथा सदस्यहरुमा अरुण कार्की, बिजय साह, मिथिला बिहारी शर्मा निर्वाचित भएका छन्।
महोत्तरी प्याब्सनअन्तर्गतका जिल्लाका ६२ विद्यालयमा १३ सय शिक्षक तथा शिक्षिकाले अध्यापन गराउदै आएका छन्।