शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • द्वन्द्वका बीच २५ सयभन्दा बढी म्यानमार शरणार्थी थाइल्याण्ड पलायन

द्वन्द्वका बीच २५ सयभन्दा बढी म्यानमार शरणार्थी थाइल्याण्ड पलायन

म्यानमार सेना र विद्रोहीहरू बीचको द्वन्द्वबाट बच्न विगत दुई दिनमा २,५०० भन्दा बढी मानिसहरू म्यानमारबाट थाइल्याण्ड प्रवेश गरेको स्पुतनिकले थाइ मिडियालाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

बर्मा - म्यानमार सेना र विद्रोहीहरू बीचको द्वन्द्वबाट बच्न विगत दुई दिनमा २,५०० भन्दा बढी मानिसहरू म्यानमारबाट थाइल्याण्ड प्रवेश गरेको स्पुतनिकले थाइ मिडियालाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ।

National life

द्वन्द्वग्रस्त करेन राज्यको सिमानामा रहेको थाइ प्रान्तको नेतृत्व गर्ने सोमचाइ किचारोएनरुन्ग्रोजले थाइ पब्लिक ब्रोडकास्टिङ सर्भिसको प्रतिवेदनमा शरणार्थीहरूमा सयौं बालबालिका रहेको बताएका छन्।

थाइ अधिकारीहरूले सबैलाई खाना र आश्रय उपलब्ध गराउन काम गरिरहेको उनले उल्लेख गरेका छन्।

हालैका हप्ताहरूमा, संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालयले धार्मिक पूजास्थल र आवासीय भवनहरू जस्ता संरक्षित संरचनाहरू सहित गाउँहरू जलाइएको थुप्रै रिपोर्टहरू प्राप्त गरेको जनाएको छ।

कोलभिलले भने  विद्रोह पछि जनरल मिन आङ ह्लिङको सेनाले देशका जनताको रक्षा गर्ने अन्तररार्ष्ट्रिय कानून अन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गर्न बारम्बार असफल भएको छ।

करेन नेशनल युनियनका जातीय अल्पसंख्यक पृथकतावादीहरू र फेब्रुअरी १ बाट सत्तामा रहेको म्यानमारको सैन्य सरकारप्रति बफादार सेनाहरू बीचको झडप यस हप्ता सैनिकहरूले  उक्त प्रान्तमा आक्रमण गरेपछि शुरु भएको हो।

फलस्वरूप  १,३०० भन्दा बढी व्यक्तिहरूले ज्यान गुमाएका छन्  भने अन्य  १०, ६०० हिरासतमा छन्।


प्रकाशित: Dec 19, 2021| 07:00 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।