बिहीबार, भदौ ४, २०८३

प्रदेश २ को कांग्रेस अधिवेशन पुस ६ र ७ गते

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अगामी पुस ६ र ७ गते हुने भएको छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अगामी पुस ६ र ७ गते हुने भएको छ।

महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घटान भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन स्थगित गरिएको थियो।

प्रदेश २ विवाद हुँदा त्यसको असर केन्द्रीय महाधिवेशनमा समेत पर्नसक्ने भएकोले प्रदेश अधिवेशन स्थगित गरिएको थियो। उक्त स्थगित गरिएको प्रदेश अधिवेशन यही पुस ६ र ७ गते हुने भएको छ।

प्रदेशका २ का ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन्, जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताको नाम आउन नसकेपछि अधिवेशन स्थगित गरिएको थियो। सर्लाहीका कैयौं वडामा समेत अधिवेशन भएको छैन। जिल्लाको निर्वाचन समितिहरुबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली अझै पनि प्राप्त हुन नसकेका कारण पूर्व घोषित निर्वाचन तालिका अनुसार प्रक्रिया अगाडि बढाउन नसकिएको प्रदेश २ का संयोजक रमेश रिजालले जानकारी दिए ।

पार्टीको केन्द्रीय महाधिवेशन सकिएर अहिले केन्द्रीय सदस्यहरको मतगणना चलिरहेको छ। पार्टीका १३ केन्द्रीय पदाधिकारीहरुको मतगणना भने सकिएको छ। 

जसमा सभापतिमा शेरबहादुर देउवा नै दोहोरिएका छन् भने महामन्त्रीमा गगन थापा र विश्‍वप्रकाश शर्मा विजयी भएका छन्।

प्रकाशित: Dec 18, 2021| 19:07 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...