मंगलबार, भदौ २, २०८३

भूपू ब्रिटिश आर्मी राईले गाउँमा बनाइदिए हेलिप्याड

राईले स्वास्थ्य समस्या परेका स्थानीयको उपचारमा सहयोग गर्नेगरी डाँडा सम्याएर वरपरबाट मेसिनरी पर्खाल हालेर हेलीकोप्टर ल्याण्ड गर्ने सिग्नल कंक्रिट गरेर हेलिप्याड बनाइदिएको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिका-३ बासपानीका भुपु ब्रिटिश आर्मी धनबहादुर राईले गाउँमा हेलिप्याड बनाइदिएका छन्। बेलायतमै रहेका राईले मृतक श्रीमतीको स्मृतिमा बासपानी वडा कार्यालयनजिकै आफ्नै जग्गामा हेलिप्याड निर्माण गरी दिएका हुन्।

राईले स्वास्थ्य समस्या परेका स्थानीयको उपचारमा सहयोग गर्नेगरी डाँडा सम्याएर वरपरबाट मेसिनरी पर्खाल हालेर हेलीकोप्टर ल्याण्ड गर्ने सिग्नल कंक्रिट गरेर हेलिप्याड बनाइदिएको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए। 

हेलिप्याड निर्माणापछि प्रसूति तथा दुर्घटनाका कारण तत्काल अस्पताल पुर्‍याउनु पर्ने बिरामीले छिट्टै उपचार पाउन सक्छन्। यसअघि स्थानीयको खेतबारीमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने बध्यता थियो।

कहिले काही ल्याण्ड गर्ने ठाउँ नभेट्दा बिरामीको ज्यानै समेत जाने अवस्था थियो। हेलिप्याड बनाइदिने राईलाई वडा कार्यालयले शुक्रबार सम्मान गरेको छ। भुपु ब्रिटिश आर्मी राईले श्रीमतीको कपुरथानलाई पनि कंक्रिट गरेका छन्।  -न्यज कारखाना 

प्रकाशित: Dec 18, 2021| 16:00 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।