मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मझगाउँ विमानस्थल सञ्चालनको मागसहित रमेश लेखक पुगे पर्यटन मन्त्रालय

मझगाउँ विमानस्थल सञ्चालनको मागसहित रमेश लेखक पुगे पर्यटन मन्त्रालय

कञ्चनपुरको मझगाउँ विमानस्थलको रनवे चाँडो निर्माण गरी सञ्चालन गर्न माग गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता लेखक नेतृत्वको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आलेलाई भेटेका हुन्।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता रमेश लेखक नेतृत्वको टोली मझगाउँ विमानस्थल सञ्चालनको मागसहित पर्यटन मन्त्रालय पुगेको छ।

कञ्चनपुरको मझगाउँ विमानस्थलको रनवे चाँडो निर्माण गरी सञ्चालन गर्न माग गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता लेखक नेतृत्वको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आलेलाई भेटेका हुन्।

वर्षौंदेखि बन्द रहेको विमानस्थललाई चाँडो सञ्चालनमा ल्याउनुपर्ने लेखकको धारणा थियो। उनले मन्त्री आलेलाई त्यहाँको वस्तुस्थिति बुझेर चाडोभन्दा चाँडो विमान सञ्चालनमा ल्याउन आग्रह गरेका थिए। 

भेटमा मन्त्री आलेले नेता लेखकको धारणमा आफू सकारात्मक रहेको बताएका थिए। आलेले चाडोभन्दा चाँडो मझगाउँ विमानस्थललाई सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको बताइएको छ।

प्रकाशित: Dec 18, 2021| 14:00 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।