मंगलबार, भदौ २, २०८३

विद्युत् खपत बढाऔँ : ऊर्जामन्त्री भुसाल

मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरेकी हुन्।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गर्नु गरेकी छन्।

मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरेकी हुन्। शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको बताएकी थिइन्।

मन्त्री भुसालले विद्युतको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्‍याउन सबै क्षेत्रसँग आग्रह गरेकी थिइन्। मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्दै लैजान सरकार लागि परेको पनि धारणा राखेकी थिइन्। 

उनले सरकारले विद्युतको खपत बढाउन विद्युतको महसुल दरसमेत घटाएको बताइन्। मन्त्री भुसालले भनिन्, ‘आफ्नै देशको जलस्रोत हो । यसबाट उत्पादित भएको बिजुली सस्तो हुनुपर्छ भनेर मैले रेट पनि घटाएको जानकारी गराउँदछु ।

र, ऊर्जाको क्षेत्रमा विद्युतको उपयोग गर्नुस् भनेर अपिल गर्न चाहन्छु । भान्सामा प्रयोग गर्ने एलपी ग्याँस होस वा उद्योग, कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस् । अझ बढी यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाऔँ।'

यसले वातावरणलाई स्वच्छ बनाउनसमेत टेवा पुग्ने धारणा राखेकी थिइन्। सस्तो विद्युत् प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिने उनको धारणा छ। 

मन्त्री भुसालले सरकारले विद्युत् विक्रीका लागि भारतसँग सम्झौंता गरिसकेको पनि स्मरण गराइन्।

प्रकाशित: Dec 18, 2021| 12:46 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।