अछाम- खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ। साँफेबगर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी पुस्तकको बिमोचन गरिएको हो।
साफेबगर नगरपालिका वडा नम्बर २ सिद्धेश्वर निबासी यमराज कुँवरद्वारा लिखित खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ। पुस्तकमा १६ वटा शीर्षकका खप्तड बाबाका बारेमा लेखिएको छ।
पुस्तकका लेखक यमराज कुँवरले खप्तड बाबाले खप्तडलाई चिनाउन धेरै ठूलो योगदान गरे पनि उनको योगदानको कदर हुने खालको सुदूरपश्चिमका कुनै पनि कार्यक्रम हुन नसकेको बताए। खप्तड बाबाका बारेमा अनेकौ प्रश्न र जिज्ञासाहरु रहेकाले केही हदसम्म यो पुस्तकले मेटाउने बताए।
साँफेबगर नगर प्रमुख कुँवरले खप्तड बाबाको सम्झनामा अहिलेसम्म कुनै पनि बिचार गोष्ठी र श्रद्धाञ्जली सभाकोसमेत आयोजना गर्न नसक्नु दु:खद भएको बताए। खप्तड बाबाबो प्रेरक भनाईहरु सबैले अनुशरण गर्न आवश्यक रहेकोमा उनको जोड छ।
उनले खप्तड बाबाप्रति धेरै भ्रमहरु रहेकाले यस बारेमा अझै धेरै अध्ययन अनुन्धान हुन जरुरी रहेको बताए। पुस्तक बिमोचनसँगै सुदूरपश्चिमकै ऐतिहासिक एउटा सम्पत्ति जोडिएको टिप्पणी गरिएको छ। -न्युजकारखाना