काठमाडौं- वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ। श्वासप्रश्वासको समस्यासँग जुधिरहेका ८८ वर्षीय मल्लको सिभिल अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजे निधन भएको हो।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति रहेका मल्लले अभिनय गरेका ‘पृथ्वीनारायण शाह’, ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’ लगायत नाटक चर्चित छन्। बालकृष्ण समको नेपाल कला मण्डलबाट मल्लले नाट्ययात्रा सुरु गरेको थिए।
नाटककार नीर शाहको 'इतिहासको कालो पाना' पञ्चायतकालमा प्रदर्शन गर्न रोक लगाइएको थियो।
'फर्केर हेर्दा', 'जब घाम लाग्छ', 'पहाड चिच्याइरहेछ' जस्ता नाटकमा निर्देशक गरेका मल्लले नेपाली चलचित्र 'विश्वास'मा कला निर्देशन गरेका थिए।
शुक्रबारै उनको पार्थिव शरीरलाई आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।