शनिबार, वैशाख २२, २०८१

जो चार वर्ष कांग्रेस केन्द्रीय समिति बाहिरै रहनेछन्

विधानले पदाधिकारीमा पराजित हुने नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गरेर ल्याउने बाटो समेत बन्द गरिदिएकाले यसपटक पराजित हुने नेताहरु केन्द्रीय समिति बाहिरै रहनेछन्।
 |  शुक्रबार, पुस २, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, पुस २, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट २२ नेता केन्द्रीय समितिबाट 'रिङआउट' भएका छन्। पदाधिकारीमा उम्मेदवारी दर्ता गराएका ३६ जनामध्ये १३ जना निर्वाचित हुँदा २३ जना नेता भने चार वर्षका लागि पार्टीको केन्द्रीय समिति बाहिरै बस्नुपर्ने भएको हो। 

triton college

१३ पदका लागि प्रतिस्पर्धा गरेका गरी पराजित भएकाहरुलाई केन्द्रीय समितिमा मनोनित गर्ने व्यवस्था यसपटक कांग्रेस विधानमा छैन। यसअघि एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष पदमा मात्रै निर्वाचन हुने व्यवस्था थियो। एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने अधिकार सभापतिलाई थियो।

तर, २०७५ सालमा संशोधित विधानले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुने पर्ने व्यवस्था गरेको छ। कोषाध्यक्ष मनोनित गर्ने अधिकार सभापतिलाई छ।  

विधानले पदाधिकारीमा पराजित हुने नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गरेर ल्याउने बाटो समेत बन्द गरिदिएकाले यसपटक पराजित हुने नेताहरु केन्द्रीय समिति बाहिरै रहनेछन्। तर, सभापतिको प्रतिस्पर्धामा निर्वाचित सभापतिपछि बढी मत ल्याउने व्यक्ति भने सम्बन्धित कार्यसमितिको सदस्य हुने व्यवस्था छ।

नेपाली कांग्रेसको विधान नवौं संशोधन (२०७५) को धारा २१ को १० मा सभापतिलाई मनोनित गर्ने अधिकार दिएको छ। तर, समानुपातिक र समावेशी सिद्धान्तका आधारमा मात्र मनोनित गर्ने अधिकार सभापतिलाई रहने छ। 

corrent noodles
Metro Mart
विधानले पदाधिकारीमा पराजित हुने नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गरेर ल्याउने बाटो समेत बन्द गरिदिएकाले यसपटक पराजित हुने नेताहरु केन्द्रीय समिति बाहिरै रहनेछन्।  

उक्त धारामा भनिएको छ, ‘कम्तीमा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनु पर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी तेत्तीस जना सदस्य मनोनित गर्नेछ ।’ 

यो बाहेक सभापतिलाई केन्द्रीय केन्द्रीय समितिमा मनोनित गर्ने अर्को व्यवस्था विधानमा छैन। जसका कारण पदाधिकारीमा लडेर पराजित भएका नेताहरु चार वर्ष कांग्रेस केन्द्रमा रहने छैनन्। 

जो केन्द्रीय समिति बाहिरै रहनेछन् 

सभापति पदमा ५ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये शेरबहादुर देउवा सभापति निर्वाचित भएका छन्। उनको यो दोस्रो कार्यकाल हो। सभापतिमा पराजित भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ चार वर्ष कांग्रेस केन्द्रीय समिति बाहिर रहनेछन्। सिंह कांग्रेसको उपभापति र महामन्त्री रहिसकेका नेता हुन्। निधि निवर्तमान उपसभापति हुन्। गुरुङ यसअघि केन्द्रीय सदस्य थिए।  

उपसभापतिमा उम्मेदवारी दिएका ७ मध्ये ५ जना नेता पनि चार वर्षका लागि पार्टीबाट रिङआउट भएका छन्। कांग्रेसको विधानमा दुई जना उपभापति निर्वाचित गर्ने व्यवस्था छ। उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। 

उपसभापतिमा प्रतिस्पर्धा गरी पराजित भएका महेश आचार्य, सुजाता कोइराला, चन्द्र भण्डारी, विजयकुमार गच्छदार र दिव्यश्वरी शाह चार वर्ष कांग्रेस केन्द्रीय समितिमा रहने छैनन्। गच्छदार पूर्वउपसभापति हुन् भने आचार्य, कोइराला र भण्डारी यसअघि केन्द्रीय सदस्य थिए। 

यस्तै महामन्त्रीका प्रत्यासी चार नेता पनि चार वर्ष केन्द्रीय समितिमा रहने छैनन्। विधान अनुसार २ महामन्त्री निर्वाचित भएका छन्। गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन्। प्रकाशशरण महत, मिनेन्द्र रिजाल, प्रदीप पौडेल र राजाराम कार्की केन्द्रीय समिति बाहिरै रहनुपर्ने छ। महत निवर्तमान सहमहामन्त्री हुन्। रिजाल र पौडेल निवर्तमान केन्द्रीय सदस्य हुन्।

महिलातर्फ सहमहामन्त्रीको प्रत्यासी बनेकी कमला पन्त पनि केन्द्रीय समितिमा हुने छैनन्। महिला तर्फको सहमहामन्त्रीमा महालक्ष्मी डिना उपाध्याय निर्वाचित भएकी छन्। दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएसँगै मानबहादुर विश्वकर्मा र गंगा सुनारले चार वर्ष केन्द्रीय समिति बाहिरै बस्नुपर्ने भएको छ। 

आदिवासी/जनजाती तर्फको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे निर्वाचित भएपछि विकास लामाको पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गर्ने सपना अधुरै बनेको छ। खसआर्य तर्फको सहमहामन्त्री किशोर सिंह राठौरले जितेसँगै देवराज चालिसे केन्द्रीय समितिमा देखिने छैनन्। मधेसी तर्फको सहमहामन्त्रीमा महेन्द्र यादवको जितसँगै रामकृष्ण यादव समेत कांग्रेस केन्द्रीय समितिबाट बाहिरै रहने पक्का भएको छ। 

मुस्लिम तर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन्। उनका प्रतिस्पर्धी शेख वकिल केन्द्रीय समितिमा रहने छैनन्। थारु तर्फको सह–महामन्त्रीमा उमाकान्त चौधरी विजयी भएका छन्। योसँगै उनका प्रतिस्पर्धी तेजुलाल चौधरी केन्द्रीय समितिमा रहने छैनन्। 

पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्। पाण्डेसँग पराजित भएका कर्णाली प्रदेशका मुख्यमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य जीवनबहादुर शाही चार वर्ष कांग्रेस केन्द्रीय समितिमा देखिने छैनन्। यस्तै सोही पदमा प्रतिस्पर्धा गरेका चेतराज बराल पनि 'रिङआउट' भएका छन्।

प्रकाशित: Dec 17, 2021| 20:16 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...