शुक्रबार, पुस १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • इजरायलमा रोजगारी : नयाँ कामदारको उडान दुई साताभित्र, अहिलेसम्म कति गए?

Siddartha premir insuranceSiddartha premir insurance

इजरायलमा रोजगारी : नयाँ कामदारको उडान दुई साताभित्र, अहिलेसम्म कति गए?

छनोट भएका ११ सय ४२ जना कामदारको नाम सम्बन्धित निकायलाई पठाएको छ। तिनमा ८२१ महिला र ३५३ पुरुष छन्।
 |  शुक्रबार, पुस २, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

शुक्रबार, पुस २, २०७८

ntc landingntc landing

काठमाडौं– सरकारले नेपाली कामदार इजरायल पठाउने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ। छनोटदेखि स्वास्थ्य परीक्षणसम्मका अधिकांश प्रक्रिया सकेर बसेका कामदारलाई वैदेशिक रोजगार विभागले अबको दुई हप्ताभित्र इजरायल पठाउन लागेको हो। 

himalayan bank box

इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले रोजगार सम्झौताको नामावली पठाएपछि पहिलो चरणमा पाँच सय नेपालीसँग रोजगार सम्झौता गरिँदैछ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान स्वास्थ्य परीक्षणमा सफल युवाको नामावली दुई हप्ताअघि पिवामा पठाएको थियो। ‘कामदार लाने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।  छनोट भएका कामदार अबको दुई हप्तामा इजरायल जानेछन्’, वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवार भन्छन्।

विभागले स्वास्थ्य परीक्षणका लागि छनोट भएका १ हजार १ सय ७५ मध्ये पास भएका पाँच सयजनाको नाम मंसिर पहिलो हप्ता इजरायल पठाएको थियो। निर्देशक डम्बर सुनुवारले रोजगार सम्झौताका लागि नाम आएका युवालाई विभागमा बोलाएर सम्झौतामा हस्ताक्षर गराउने तयारी भइरहेको जानकारी दिए। इजरायलले पठाएको सम्झौताका सर्त हेरेर श्रमिकले हस्ताक्षर गर्न सक्नेछन्। विभागले सम्झौताका लागि प्राप्त नामावलीअनुसार पाँच दिनभित्र सबैको हस्ताक्षर लिएर भिसा प्रक्रियाका लागि नेपालस्थित इजरायली दूतावासमा पठाउने जनाएको छ।

छनोट भएका ११ सय ४२ जना कामदारको नाम सम्बन्धित निकायलाई पठाएको छ। तिनमा ८२१ महिला र ३५३ पुरुष छन्। 

कामदार छनोट र भर्ना प्रक्रियामा नेपालका तर्फबाट वैदेशिक रोजगार विभाग र इजरायलका तर्फबाट पिवाको संलग्नतामा कामदार छनोट भएको थियो। सोहीअनुसार छनोट भएका ११ सय ४२ जना कामदारको नाम सम्बन्धित निकायलाई पठाएको छ। तिनमा ८२१ महिला र ३५३ पुरुष छन्। 

छनोट भएका कामदारको इजरायलबाट रोजगार सम्झौता आएसँगै प्रवेशाज्ञा जारी गर्ने र पूर्वप्रस्थान तालिम उपलब्ध गराइने निर्देशक सुनुवारले बताए। 

vianet

इजरायलले त्यहाँका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारी दिने गरी पहिलो चरणमा नेपालबाट एक हजार युवा लैजाँदै छ। तर विभागले पठाएको नामावलीका आधारमा पिवाले थप १ सय ७५ को नामावली विभागमा पठाएको थियो। इजरायलले पठाएको नामावलीका आधारमा क्रमशः एक हजार १ सय ४२ जनालाई नै अभिमुखीकरण तालिम दिन लागिएको छ। 

एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर पाँच वर्षसम्म बस्न पाइनेछ। यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखीकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित एक लाख ६५ हजार सात सय शुल्क लाग्ने विभागले जनाएको छ।

नेपाल र इजरायलबीच ३० सेप्टेम्बर २०२० मा सरकारी संयन्त्रमार्फत भर्ना गर्ने गरी श्रम सम्झौता भएको थियो। निर्देशिका पारित नहुँदा लामो समय अन्योलमा रहेको इजरायल कामदार पठाउने विषय अब करिब अन्तिम चरणमा पुगेको हो। कमाइ र कार्यस्थलका हिसाबले इजरायल दक्षिण कोरियाभन्दा आकर्षक गन्तव्य हो। 

इजरायल जाने कामदारको न्यूनतम तलब एक हजार ५ सय ४३ डलर (झन्डै एक लाख ९० हजार रुपैयाँ) छ। श्रम भिसामा इजरायल जान २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र ४५ केजी तौल भएको हुनुपर्नेछ। 

कियर गिभर सम्बन्धी ज्ञान आवश्यक

इजरायल सरकारले ‘कियर गिभर’मा  दक्ष जनशक्तिलाई प्राथकितामा राखेको छ। सोहीअनुसार कार्यविधिमा योग्यता, सीप तथा तालिम तोकेको विभागको भनाइ छ । इजरायल रोजगारीमा जान इच्छुक कामदारले कियर गिभर सम्बन्धी ज्ञान तथा सीप आवश्यक रहेको विभागले जनाएको छ। 

कस्तो गन्तव्य इजरायल?

इजरायलको कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहने नेपालीका लागि राम्रो गन्तब्य मानिएको छ। इजरायलले मागको ८० प्रशिशत महिला हुनुपर्ने सर्त राखेकाले नेपाली महिलाका लागि  उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ। 

सरकारी स्तरबाट कति गए नेपाली 

२०७२ असार २१ गते जीटूजी (नेपाल र इजरायल सरकार) प्रक्रियाद्वारा केयर गिभरमा कामदार लैजान सहमत भएपछि विभागले प्रक्रिया थालेको थियो। तीन वर्षमा तीन सय कामदार आपूर्ति गर्ने समझदारी भए पनि १०६ जना मात्र इजरायल पुगेको विभागको तथ्यांक छ। 

इजरायल जानका लागि विभागले पहिलो चरणमा गरेको आवेदनमा ८ सय १८ जनाले दरखास्त दिएका थिए। तीमध्ये ५९ जना मात्रै छनोट भएर इजरायल गएका थिए। दोस्रो वर्ष करिब १ हजार जनाले आवेदन दिएका थिए। तीमध्ये ६० जना अन्तिम छनोटमा परे पनि अन्त्यमा ४७ जना मात्र इजरायल पुगेका विभागको तथ्यांक छ। यसरी दुई चरणमा गरी १०६ नेपाली इजरायल पुगेका छन्। तेस्रो वर्ष इजरायलले कामदारको माग नै गर्न छाडेको थियो।

दुई देशबीच गत असोजमा पुनः श्रम सम्झौता भएको छ। सोही आधारमा नेपालले कामदार पठाउने प्रक्रिया सुरु गरेको हो। इजरायली राजदूत हनान गोडरले सन् २०२१ देखि श्रम सम्झौतामा उल्लेख भएअनुसार कामदार लैजाने प्रक्रिया सुरु गर्ने बताउँदै आएका छन्। 

कहिलेबाट नेपाली कामदार इजरायल जान थाले 

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार नेपाली कामदार सन् २००४ देखि इजरायल जान थालेका छन्। २००४ सालमा कम संख्यामा गए भने त्यसपछि क्रमिक रुपमा संख्या बढ्दै गएको छ। त्यहाँ पुगेका नेपालीले बूढाबूढीको स्याहारसुसार र कृषि क्षेत्रमा काम पाउँछन्। केहीले होटलमा पनि काम गर्छन्। इजरायलमा केयर गिभरको संख्या बढी छ र नेपाली पनि सोही काम गर्न त्यहाँ जान रुचाउँछन्। इजरायलमा करिब दुई हजार ५०० नेपाली रहेको तेलअभिवस्थित नेपाली दूतावासले जनाएको छ। 

प्रकाशित: Dec 17, 2021| 11:15 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्