मंगलबार, भदौ २, २०८३

चिसो बढेसँगै बेँसी झारिँदै भेँडा

सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड,चंखिली,अदानचुलि र ताँजकोट गाउँपालिका भेँडापालक चरनका लागि हिँउदमा बेँशी झर्ने गर्छन्।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

हुम्ला- हुम्लामा चिसोबढेसँगै भेँडापालक जाडो छल्न बेँसी झर्न थालेका छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेँडीगोठ बेँशीतर्फ झार्न थालिएको हो।

सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड,चंखिली,अदानचुलि र ताँजकोट  गाउँपालिका भेँडापालक चरनका लागि हिँउदमा बेँशी झर्ने गर्छन्।

२ हजार ९ सय मिटरभन्दा अग्लो पाटनमा भेँडा चराउनु परेको हुम्ला जिल्लाका भेँडापालकको चिसो बढेकाले मंसिरदेखि बेँशीतिर झर्न थालेका भेँडा पालक सिमकोट गाउँपालिका-२ ठेहेका कालु बोहराले बताए।

भेँडा चराउने गरेको हिमाली पाटन चुवा खोला यारी ह्याङसीमा चिसो बढ्न थालेपछि भेडापालक बेँशी झरेको नाम्खा गाउँपालिकाका भेँडापालक छेउकु तामाङले न्यूज कारखानालाई बताए।

‘पाटनमा चिसोले सताउदा सुक्खा चरीचरण क्षेत्र सकिँदैछ, पशुवस्तु मर्ने त्रास छ उत्तिकै रहेको पाइन्छ।  चिसो छल्नका लागि बेसी झारेका बताउँदै सिमकोट गाउँपालिका २ का भेँडापालक गोरसिंह बोहराले भने, ‘झण्डै २ सयको संख्यामा रहेका भेँडाबाख्रालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो। उनी जस्तै हुलाका अधिकांश भेँडा पालक कृषकलाई चिसोले आफ्ना पशुवस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ।’

लेकमा राखेका खसी, बाख्राले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको नाम्खा गाउँपालिकाका कृषक टाप्का तामाङले बताए। हुम्लाको सिमकोट नाम्खा खार्पुनाग गाउँपालिकाका सबैजसो गाउँठाउँका कृषकले लेकमा राखेका भेँडाबाख्रा, घोडाघोडी चिसोले बेसीतिर झारेका छन्।

उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेँडाले धेरै चिसो पनि सहन सक्दैनन् र बढी गर्मी पनि मन पराउँदैनन। त्यसैले गर्मी बढेपछि बेँशीबाट लेकतिर र हिउँदमा बेँशीतर्फ झार्नुपरेकाे बाेहराले बताए।  -न्युज कारखाना  

प्रकाशित: Dec 17, 2021| 09:45 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।