मंगलबार, भदौ २, २०८३

प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना

प्रदेश नंम्बर २ मा खोप भण्डारणको अभावका कारणले प्रदेशवासीले भोग्दै आएको पीडाको अन्त्य भएको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

धनुषा- प्रदेश नंम्बर २ मा खोप भण्डारणको अभावका कारणले प्रदेशवासीले भोग्दै आएको पीडाको अन्त्य भएको छ। नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको छ। पहिलो चरणमा दुईवटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवले जानकारी दिए।

चालिस हजार लिटरको दुई–दुईवटा युनिटको निर्माण गरेर सञ्चालनमा आएको छ। त्यसमा लाखौं डोज खोप भण्डारण गरेर राख्न मिल्ने भएको छ। प्रदेश नं २ मा खोप भण्डारणको अभावका कारणले प्रदेश नं १ को विराटनगर तथा बागमती प्रदेशको हेटौंडाबाट खोप मगाएर काम गर्दा समस्या आइरहेको बेलामा प्रदेश २ को राजधानी जनकपुरधाममा नै खोप भण्डारण गृह सञ्चालनमा आएपछि खोपको अभाव नहुने डा. यादवले बताए।

यसअघि खोपको समयमा आपूर्ति नभएका कारणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको थियो। निकट भविष्यमा नै थप दुईवटा युनिट निर्माण गरेपछि खोप भण्डारण गृहको क्षमतामा वृद्धि हुने भएको छ। युनिट थप भएपछि क्षमतामा निकै वृद्धि भएर अन्य प्रदेशमा पनि पठाउन सकिनेछ।

खोपका लागि उचित तापक्रम नभएको खण्डमा खोपको प्रभाव कम भएर कतिपय अवस्थामा खोप काम नगर्ने अवस्था आउने भएकाले खोप भण्डारण गृहको निर्माण निकै महत्वपूर्ण भएको बालरोग विशेषज्ञसमेत रहेका डा. यादवले जानकारी दिए। नियमितरूपमा बालबालिकाका लागि प्रदान गर्ने दादुरा रुवेला, बिसीजी, डिपीटी, पोलियो, एफआइपिभी, विसिभी, रोटाजस्ता खोपसहित एन्टिस्नेक भेनमसहित खोपहरू भण्डारणका लागि उपयोगी भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिए।

प्रदेशको मध्यभागमा भण्डारगृह भएकाले आपूर्तिमा सहजता हुने उनले बताए। अहिले नवनिर्मित प्रदेश खोप भण्डारणगृहमा कोरोनाविरुद्धको मोडर्ना खोपका चार लाख ४७ हजार डोज भण्डारण गरेर राखिएको छ। खोप भण्डारणगृह निर्माण भएपछि पालिकाको वडासम्म सञ्चालन हुने नियमित खोप कार्यक्रमलाई ठूलो मद्दत पुग्ने भएको छ। - रासस

प्रकाशित: Dec 17, 2021| 08:24 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।