सोमबार, फागुन २५, २०८२

वेस्ट इन्डिजमाथि पाकिस्तानको 'क्लिन स्विप'

पाकिस्तान ओपनर मोहम्मद रिजवान र बाबर आजमले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरे। आजमले ७९ रन बनाउँदा रिजवानले ८६ रन बनाए।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- वेस्टइन्डिजलाई तेश्रो खेलमा ७ विकेटले पराजित गर्दै पाकिस्तानले तीन टी-२० खेलको शृंखला ३-० ले 'क्लिन स्विप' गरेको छ। कराँचीमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको २०८ रनको विशाल लक्ष्य पाकिस्तानले ७ बल बाँकी रहँदै भेटायो।  

National life

पाकिस्तान ओपनर मोहम्मद रिजवान र बाबर आजमले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरे। आजमले ७९ रन बनाउँदा रिजवानले ८६ रन बनाए। 

वेस्टइन्डिजका बलर रोमारियो शेफर्ड, डोमिनिक ड्रेक्स र ओडेन स्मिथले समान १-१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०७ रन बनाएको थियो। उसको कप्तान निकोलस पुरनले सर्वाधिक ६४ रन बनाए। यस्तै शामराह ब्रुक्सले ४९ रन, ब्राण्डन किंगले ४३ तथा डेरेन ब्राभोले अविजित ३४ रनको योगदान गरे। 

पाकिस्तानका बलर मोहम्मद वासिमले २ तथा शाहनवाज दहानीले १ विकेट लिए। सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल पाकिस्तानले ६३ रन र ९ रनले जितेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 17, 2021| 08:04 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।