काठमाडौं- आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गको शिवसताक्षी
पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका-८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका-८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई-८ का २४ वर्षीय विमल सिवा घाइते भएका छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।