मंगलबार, भदौ २, २०८३

नयाँ वर्षमा लुम्बिनीमा आठौँ सडक खाना महोत्सव हुने

हाल कोभिडलाई मध्येनजर गरेर कोभिडको सर्तकता अपनाउँदै टि आकारमा महिलवार बजार र लुम्बिनीको ४, ५ नम्बर गेटसम्म सय बढी स्टल राखिने आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

भैरहवा- अंग्रेजी नयाँ वर्षको अवसरमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव हुने भएको छ। 'लुम्बिनी सुरक्षित छ, कोभिडले डारउनु पर्ने अवस्था छैन' भन्ने सन्देश दिदै लुम्बिनी होटल संघले १६ र १७ पुसमा नयाँ वर्ष २०२२ अवसर पारेर सडक खाना महोत्सव गर्न लागेको हो। 

कोभिडले थलिएको पर्यटन व्यवसायलाई उजागर गर्न,  स्थानीय समुदायको परिकारको प्रवर्द्धन गर्न, लुम्बिनीमा पर्यटकको बसाइँ हुने गरी आन्तरिक र भारतीय पर्यटकलाई मध्येनजर गर्दै विशेष स्कीमका साथ महोत्सव गर्न लागिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए।

'७ वटा विभिन्न विशेषता सहित यस वर्षको माहोत्सव फरक शैलीमा मनाउने गरी दुई दिन आयोजना गर्न गइरहेका छौँ, यसलाई विस्तारै साताव्यापी मनाउने गरी संघले लक्ष्य राखेका छौ,' अध्यक्ष ज्ञवालीले बताए। 

हाल कोभिडलाई मध्येनजर गरेर कोभिडको सर्तकता अपनाउँदै टि आकारमा महिलवार बजार र लुम्बिनीको ४, ५ नम्बर गेटसम्म सय बढी स्टल राखिने आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए। 

कार्यक्रममा खानाका विभिन्न परिकार सहित स्थानीय खानाको ब्राण्डिङ गर्ने, थारु, मगर र स्थानीय संस्कृतिको कला प्रदर्शन, स्थानीय र राष्ट्रिय कलाकारद्वारा सास्कृतिक प्रस्तुति हुनेछ। सन् २०१२ देखि हुँदै आएको महोत्सवमा  यस वर्ष करिब ३३ लाख खर्च हुने र ७५ हजार बढी खाना पारखीले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

महोत्सवका लागि भनेर स्थानीय यातायात व्यसायीहरुको सहकार्यमा छोटो दूरिको लागि बुटवल, भैरहवा, सैनामैना, फायरलाइन, कपीलवस्तु छपिया लगायतका स्थानबाट नि:शुल्क यातायातको व्यवस्था समेत गरिएको संघका महासचिव पुरुषोतम अर्यालले बताए।

 लुम्बिनी क्षेत्रमा अवस्थित सम्पूर्ण होटलले खानामा विशेष छुटसहित होटलका रुममा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन्।  लुम्बिनीमा हाल ५ हजार बेड क्षमताका करिब ९० वटा होटल छन्।  -न्युजकारखाना

प्रकाशित: Dec 17, 2021| 07:20 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।