मंगलबार, असार ३०, २०८३

मेगाले एकैपटक थप्यो ६ वटा एक्सटेनसन काउन्टर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले थप ६ वटा नयाँ एक्सटेनसन काउन्टर विस्तार गरेको छ।
 
गाउँ-गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सुनसरीदेखि पाल्पासम्मका विभिन्न जिल्लाहरुमा नयाँ एक्सटेनसन काउन्टर खोलेको हो। बैंकले सुनसरीजिल्लाको बराहा नगरपालीकाको चक्रघाँटी, सोही जिल्लाका कोशी गाउँपालीकाको लौकहि र अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकामा नयाँ एक्सटेनसन काउन्टर खोलेको छ।

त्यस्तै बैंकले गुल्मी जिल्लाको रुरु गाउँपालीका, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालीकाको तारापाटी र पाल्पा जिल्लाको माथागढी गाउँपालीका गरि ६ स्थानमा नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेको हो।

विस्तार गरिएको काउन्टरसहित अब बैंकको एक्सटेनसन काउन्टर संख्या १४ पुगेको छ। ९८ वटा शाखा रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २ हजारभन्दा बढी मेगा रेमिट एजेण्टमार्फत बैंकले सेवा प्रदान गरिरहेको छ।  

बैंकले बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एक्सटेनसन काउन्टर विस्तारलाई तीव्रता दिइरहेको छ। आगामी आर्थिक बर्षमा समेत थप शाखा कार्यालयहरु, एक्टेनसन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खोल्ने बैंकले योजना अघि सारेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्