बिहीबार, असोज २९, २०८३

जित सुनिश्चित भएपछि विश्वप्रकाशले भने- कांग्रेस रुपान्तरणको यात्रा सुरु भयो

शर्मा र गगन थापा कांग्रेस महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको छ। यद्यपि कांग्रेस निर्वाचन समितिले आधिकारिक रूपमा मतपरिणाम घोषणा गर्न बाँकी छ।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित हुने सुनिश्चित भएपछि विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको यात्राको सुरु भएको बताएका छन्। जित सुनिश्चित भएपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले यस्तो बताएका छन्। 

‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन। सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो,’ शर्माले भने, ‘फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो।’

शर्मा र गगन थापा कांग्रेस महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको छ। यद्यपि कांग्रेस निर्वाचन समितिले आधिकारिक रूपमा मतपरिणाम घोषणा गर्न बाँकी छ।

प्रकाशित: Dec 16, 2021| 15:13 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...