जाजरकोट- जंगलमा लागेको डढेलो निभाउन खोज्दा लडेर घाइते भएका एक जनाको मृत्यु भएको छ।
हुरिकोटमा डढेलो निभाउदै गर्दा लडेर गम्भीर घाइते डोल्पाको जगदुल्ला गाउँपालिका-१ हुरिकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनलाई हेलिकोप्टरमार्फत नेपालगन्ज पुर्याइए पनि बुधबार राति मृत्यु भएको हो। जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको स्थानीय टेकबहादुर शाहीले बताए।