काठमाडौं- झापामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। बुधबार बेलुकी ७ बजेको समयमा झापाको कन्काई नगरपालिका-७ दुर्गापुरस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे७प २८४६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा मोटरसाइकल चालक इलामको रोड गाउँपालिका-६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका मोटरसाइकल पछाडि सवार अन्दाजी ४० वर्षीय चन्द्र बहादुर राई रहेका छन्।
दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका लागि बी एन्ड सी अस्पताल बिर्तामोड ल्याइएकोमा उनीहरूको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बस र बस चालक इलाम चुलाचुली गाउँपालिका-२ का ३१ वर्षीय सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।