काठमाडौं- जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्यूरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ।
आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग सम्झौता गर्ने क्रममा मंगलबार कर्पोरेसनसँग संझौता सम्पन्न गरेको हो।
एक कार्यक्रमबीच जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफइन्स्यूरेन्स कर्पोरेसनका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट सेवाग्राहीले छिटो, छरितो तथा सहज रुपमा वीमा लेख, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायतसम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।
जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ इकाई, २ सिमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४