काठमाडौ- सूर्योदय नगरपालिका-७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसो भएको मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। दिउँसो साढे ३ बजे मे१ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो।
घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो। सो क्रममा माईजोमाई गाँउपालिका-४ का ७६ बर्षीय रामप्रसाद तिमसिना र माईजोमाई-३ का ४० बर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो।
चालकसहित आठ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ।