मंगलबार, भदौ २, २०८३

बगरमा 'पैसा' रोप्दै किसान

यसरी खरबुजा खेती गरेको पाँच वर्ष भयो। त्यसका लागि उनी खोजको बगर खोज्दै झापासम्म आइपुग्छन्। झापाकै ठूलो माई नदीमा बर्खामा आउने बाढीले धेरै बगर क्षेत्र बनाइदिन्छ।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

झापा- मोरङ विराटनगरका मेघराज चौधरी ६ महिना मजदुरी गर्छन्। ६ महिना कमाएको पैसा उनी 'बगर'मा रोप्छन्। अर्थात् ६ महिना कमाएको पैसाले उनी बगरमा खरबुजा खेती गर्छन्।

यसरी खरबुजा खेती गरेको पाँच वर्ष भयो। त्यसका लागि उनी खोजको बगर खोज्दै झापासम्म आइपुग्छन्। झापाकै ठूलो माई नदीमा बर्खामा आउने बाढीले धेरै बगर क्षेत्र बनाइदिन्छ। 

त्यही बगरमा उनी खरबुजा रोप्छन्। यसरी झापामा आएर बगरमा खरबुजा खेती गर्न थालेको ६ वर्ष भयो। यसपटक उनले उनी गौरीगञ्ज-२ स्थित भाकुरमारमा माई नदीको बगरमा खरबुजा रोप्दैछन्। उनी मात्र हैन विराटनगरका पाँच जना युवाले समूह बनाएर बगर भाडामा लिएर खरबुजा रोपिरहेका छन्। माई नदीले अधिकांशको नम्बरी जग्गामालाई बगर बनाएको छ।

त्यही बगर उनीहरूले भाडामा लिएर खेती गर्दै गर्दै आएका छन्। ‘पहिला यहाँभन्दा माथि खेती गर्थ्यौं। अहिले यता तल खेती गर्न आएका छौँ। मंसिरदेखि जेठसम्म ६ महिना त यहीँ बसेर खेती गर्छौँ,’ महेशलाल भन्छन्, ‘बगरको ६ महिनाका लागि आठ हजार भाडा तिरेका छौँ।’ 

उनीहरू मंसिरदेखि जेठसम्म ६ महिना बगरमै टहरा बनाएर बस्छन्। नदीको किनारामा रहेको बालुवामा 'पैसा' रोपेर 'सुन' फलाउने कोसिस गर्छन्। अहिले उनीहरूलाई खरबुजा रोप्न भ्याइनभ्याइ छ। अहिले माई, मेची, बिरिङजस्ता ठूला नदीमा जाने हो भने खरबुजा खेती गर्ने बालुवामा मल लगाइरहेको भेटिन्छन्। 

खरबुजा खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनीहरू बताउँछन्। यद्यपि ६ महिना मजदुरी गरेर कमाएको पैसाले उनीहरूलाई खेती गर्न पुग्दैन। ऋण गरेर खेती गर्ने गरेको युवा राजु चौधरी बताउँछन्। ‘६ महिना मजदुर गरेर कमाएकोले त कहाँ पुग्छ र? चार हजार बोट खर्बुजा रोप्न तीन लाख जस्तो लाग्छ। बाँकी ऋण गरेर रोप्छौँ,’ उनी भन्छन्, ‘जेठसम्ममा खरबुजा बेच्नका लागि तयार हुन्छ। तर, त्यो भन्दा अघि बाढी आयो भने त सबै बगाएर लैजान्छ।’ 

बगरमै भए पनि खेती गर्न सके राम्रो आम्दानी हुने बताउँछन्, कृषक सतिस कुमार। करिब चार हजार खरबुजा रोप्न तीन लाख खर्च लाग्ने उनी बताउँछन्। खरबुजाको बीउ नै महँगो भएको सतिसको भनाइ छ। उनीहरू खरबुजाको बीउ नजिकको भारतीय बजारबाट ल्याउँछन्।

तीन हजार बीउका लागि करिब २० हजार भारु पर्ने सतिसले बताए। ‘गर्न सक्दा त राम्रो कमाई हुन्छ। हामीले जति लगानी गरेको हुन्छ। त्यसको दोब्बर कमाई हुन्छ,’ उनी भन्छन्, ‘तर मिहिनेत धेरै गर्नुपर्छ। आफ्नै पैसा हुने भए त राम्रो कमाई हुने थियो। तर, ऋणमा ल्याएर खेती गर्छौँ। ब्याज पनि तिर्नुपर्छ। हामीलाई त थोरै मात्र बँच्छ।’

मोरङ नदीमा बगर खरबुजाका लागि पहिल्यै 'बुक' हुन्छ। झापाका दक्षिणी क्षेत्रका नदी बगरमा स्थानीयले खासै खेती गर्दैनन्। त्यसकारण उनीहरू बिराटनगरबाट यहाँसम्म खेती गर्न आएको बताउँछन्। ठूलो परिणाममा खरबुजा लगाउने उनीहरूले काँक्रा पनि बगरमा लगाउँछन्। बजारसम्म पुर्‍याउन सके राम्रो आम्दानी हुने उनी बताउँछन्। 

बगर खेतीमा मिहिनेतसँगै जोखिम पनि उस्तै छ। गत वर्ष कोरोना महामारीका कारण ऋण गरेर बगर खेती गर्ने कृषकले घाटा व्यहोर्नुपर्‍यो। महामारीका कारण यातायात र बजार ठप्प हुँदा खरबुजा र काँक्राले बजार पाउन सकेन। जसका कारण कतिपयको काँक्रा र खरबुजा खेतीमै कुहिएको थियो। कतिपय कृषकले गत वर्षको ऋण तिर्न यसपकट सकिन्छ कि भन्ने आस गरेका छन्।

‘पोहोर त भनेको बेलामा बिकेन। ऋण लागेको छ। यसपटक त्यो ऋण पनि तिर्न सकिन्छ कि भन्ने आस लागेको छ,’ बगर खेती गर्दै आएका कृषक नन्दन कुमार भन्छन्, ‘यसपटक पनि पोहोरको जस्तो भयो भने त हामी डुब्छौँ। अब ऋण तिर्न विदेश जानुपर्ने अवस्था आउँछ।’  -न्युज कारखाना

प्रकाशित: Dec 15, 2021| 13:15 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।