बिहीबार, असोज २९, २०८३

चलचित्र ‘लाखे’ का लागि नेपाल आए आर्यन

फिल्म ‘लाखे’मा अभिनय गर्न अभिनेता आर्यन अधिकारी स्वदेश फर्किएका छन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं– फिल्म ‘लाखे’मा अभिनय गर्न अभिनेता आर्यन अधिकारी स्वदेश फर्किएका छन्। अध्ययन र शारीरिक एक्सरसाइजका लागि भन्दै दुई वर्षदेखि अमेरिका रहेका उनी फिल्म ‘लाखे’ अभिनयकै लागि भनेर हालै स्वदेश फर्किएका हुन्।

मल्टिस्टार कलाकार लिएर बन्न लागेको फिल्म ‘लाखे’ आफ्नो रोजाइमा परेकोले नेपाल फर्किएको आर्यनले बताए। ‘फिल्मको कथा पनि राम्रो छ। निर्माण टिमले जुन हिसावले फिल्मको काम गरिरहेको छ त्यसले पनि मलाई लोभ्याएको हा,े’ आर्यनले भने, ‘फिल्ममा मेरो भूमिका निकै राम्रो छ। त्यही कारण पनि फिल्म छोड्न सकिन।’ ‘लाखे’ को जस्तो चरित्रमा आफूले सायदै पाउने उनले सुनाए। 

आर्यनका अनुसार लाखेको अलावा अन्य केही फिल्मको उनलाई अफर छ। ती फिल्मको स्क्रिप्ट पढ्ने काम समेत उनले गरिरहेका छन्।

‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म हो। ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन्। गणेश मल्ल ठकुरी प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत लगायत थुप्रै कलाकारको अभिनय रहनेछ।

‘के म तिम्रो होइन र’ बाट फिल्म डेब्यु गरेका आर्यनले यस अगाडि ‘बटरफ्लाई’, ‘बाँध मायाले’ लगायत अभिनय गरेका थिए। 


प्रकाशित: Dec 15, 2021| 12:00 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।