बिहीबार, असोज २९, २०८३

ब्राउन सुगरसहित १० जना पक्राउ

तुलसीपुर क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

दाङ- दाङमा लागूऔषध ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन्। तुलसीपुर क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए। 

प्रहरीले तुलसीपुर उपमहानगरपालिका-२१ वर्षीय वीरबहादुर विक, ८ कृष्णमन्दिरका २५ वर्षीय अमर गन्दर्भ, १ भम्केका ३३ वर्षीय वीरबल विरकट्टा, सल्यानको कुमाख गाउँपालिका-२ खानीखोला घर भइ हाल तुलसीपुर ५ मा कोठा भाडामा बस्ने २८ वर्षीय वीरबहादुर चलाउने पक्राउ परेका छन्।

यस्तै दाङ प्रहरीले  बेलझुण्डीका २३ वर्षीय कैलाश सुनार, सोही ठाउँका २३ वर्षीय वसन्त राना, तुलसीपुर १ भम्केका २२ वर्षीय विनोद भण्डारी, तुलसीपुर ५ का २४ वर्षीय देविराज हल्वाई, तुलसीपुर ९ का २४ वर्षीय एकराज डाँगी र सोही ठाउँका २६ वर्षीय मानबहादुर विकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Dec 15, 2021| 08:20 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।