दाङ- दाङमा कोइलाखानीमा काम गर्ने एक मजदुरको कोइला सुरुङमा च्यापिएर मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१९ का ४६ वर्षीय भक्तबहादुर घर्ती छन्।
सोमबार कोइला लिन खानीभित्र गएका बेला च्यापिएर उनको ज्यान गएको दाङ प्रहरीले जनाएको छ।
दाङको घोराही उपमहानगरपलिका वडा नम्बर १ दाङ्जामा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने कोइला मजदुर घर्तीको खानीको सुरुङ भित्र च्यापिएर मृत्यु भएको दाङ प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए।
सुरुङमा च्यापिदा घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रम मृत्यु भएको हो।