काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सोमबार सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ। बिहान साढे ११ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुले प्रदर्शनीमार्गमा रहेका तीन वटा मतदान केन्द्रबाट मत हालिरहेका छन्।
यसैबीच, मतपत्र सकिएपछि मतदान अवरुद्ध भएको छ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अहिले मतदान अवरूद्ध छ। मतपत्र प्रेसबाट आउने क्रममा रहेको र आएपछि सुचारु हुने उनले जनाए।
यसअघि दिउँसो एकपटक पनि मतपत्र सकिएपछि केही समय मतदान अवरुद्ध भएको थियाे।