काठमाडौं– संघीय संसद्को दसौं अधिवेशन भोलि मंगलबारदेखि सुरु हुँदैछ। दसौं अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे डाकिएको छ।
प्रतिनिधिसभाको दुई बजे बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। यसअनुसार ६ वटा अध्यादेश पेश हुने कार्यसूची छ। 