बिहीबार, असोज २९, २०८३

टोनी हागनको पुस्तक 'नेपालमा मेरो खोज यात्रा' किम्फमा लोकार्पण

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत आइतबार पुस्तकको नेपाली संस्करण 'नेपालमा मेरो खोजी यात्रा' लोकार्पण गरिएको छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनी हागनको पुस्तक ‘बिल्डिङ ब्रिजेज टु द थर्ड वल्र्ड’लाई अब नेपाली भाषमा समेत पढ्न पाइने भएको छ। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत आइतबार पुस्तकको नेपाली संस्करण 'नेपालमा मेरो खोजी यात्रा' लोकार्पण गरिएको छ। 

हिमाल पुस्तकले प्रकाशित गरेको उक्त पुस्तकलाई टोनी हागनकी छोरी डा. क्याट्रिना हागन र टोनी हागन फाउन्डेसन नेपालका अध्यक्ष प्राडा प्रमोदकुमार झाले संयुक्तरुपमा लोकार्पण गरे। 

पुस्तकलाई किम्फका प्रमुख समेत रहेका हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले अनुवाद गरेका हुन्।

पुस्तक लोकार्पण गर्दै हागनकी छोरी क्याट्रिनाले नेपालमा देखिएको प्राकृतिक, सामाजिक र धार्मिक विविधताको चर्चा गरिन्। विश्वभर इस्लाम अतिवाद मौलाइरहेको बेलामा नेपाल हरेक कुरामा सहिष्णु रहेको बताइन्। ‘नेपाल सबैजना र सबै धर्मको लागि खुला हुनुपर्छ’ उनले भनिन्। 

अनुवादक थापाले पुस्तकको मर्मअनुसार अनुवाद गरेको बताए। ‘ट्रान्सलेट साह्रै कठिन काम हो। बरु मौलिकतामा लेख्न सजिलो हुन्छ। अनुवाद लिकमा चल्ने रेल रहेछ’ उनले भने। 

जलस्रोतलाई सेतो सुनको संज्ञा दिँदै हागनले पुस्तकमा नेपालमा ह्वाइट गोल्डको प्रशस्त सम्भावना रहेको बताए। नेपाललाई बारम्बार स्वीटजरल्यान्डसँग तुलना गरिने गरिएको उल्लेख गर्दै उनले स्वीस नागरिकको परिश्रमबाट नेपालीले सिक्नुपर्ने बताए। 

नेपालसहित विश्वका अन्य विकासशील मुलुकहरुमा चार दशकभन्दा बढी समय विशेषज्ञको रुपमा काम गरेका हागनले यसमा नेपाल घुमघाम गर्दा भेटिएका रोचक दृश्य, तथ्य र क्षणलाई उल्लेख गरेका छन्। 

प्रकाशित: Dec 13, 2021| 11:12 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।