मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई जन्म कैद

दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई जन्म कैद

सशस्त्र द्वन्दकै बेला माओवादीले २०६१ असार १२ गते थापालाई नियन्त्रण लिएको थियो। पक्राउ परेको ४५ दिनपछि अर्थात २०६१ साउन २७ गते माओवादी कार्यकर्ताहरुले पत्रकार थापालाई द्वारीमा विभत्स हत्या गरेका थिए।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

सुर्खेत- स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई अदालतले जन्मकैदको फैसला गरेको छ। जिल्ला अदालत दैलेखले आइतबार थापाको हत्यामा संलग्न मुख्य योजनाकार 'अरुण' भन्ने चिनिने बमबहादुर खड्कासहित तीन जनालाई जन्म कैदको फैसला गरेको हो।

दैलेखको दुल्लु नगरपालिका-६ छिउडीपुसाकोटका खड्कासहित भगवतीमाई गाउँपालिका-६ का 'मुक्ति' भनेर चिनिने बमबहादुर खड्का र दुल्लु नगरपालिका-६ का केशव खड्कालाई जन्म कैद सजाय तोकेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए। न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले तीन जनालाई जन्मकैद र अर्का एक जना कोहलपुर नगरपालिका-३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला गरेको हो।

सशस्त्र द्वन्दकै बेला माओवादीले २०६१ असार १२ गते थापालाई नियन्त्रण लिएको थियो। पक्राउ परेको ४५ दिनपछि अर्थात २०६१ साउन २७ गते माओवादी कार्यकर्ताहरुले पत्रकार थापालाई द्वारीमा विभत्स हत्या गरेका थिए।

शान्ति प्रक्रियापछि पत्रकार थापाकी धर्मपत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिएकी थिइन्। किटानीपछि २०६९ पुस २० गते पाँच जना (निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाही, लक्षिराम घर्तीमगर र बीरबहादुर केसी)लाई पक्राउ परेका थिए।

तर द्वन्दकालीन घटनाको भएका कारण सत्य निरूपण तथा मेलमिलाप आयोगले मात्रै हेर्नुपर्ने भन्दै मुद्धा अगाडि नबढाउन दवाव थिएको थियो। यद्यपी तत्कालीन न्यायाधिस डिल्लीराज श्रेष्ठको इजलासले पक्राउ परेका निरक, हरिलाल, जयलाई दुई/दुई बर्ष, लक्षिरामलाई एकवर्ष ६ महिना र बीरबहादुरलाई एक वर्षको कैदको फैसला गरेको थियो। उनीहरुले कैद भुत्कानी गरिसकेका छन्।

अदालतले बाँकी आरोपीसहित पक्राउ परेपछि बेला मुद्दा जगाउन सकिने गरी 'मुल्तबी'मा राख्ने फैसला गरेको थियो। दुई वर्षअघि मुख्य आरोपी अरुण कैलालीबाट प्रक्राउ परेका थिए। प्रहरीले मुख्य आरोपीलाई पक्राउ गरेर अदालतमा बुझाएपछि मुल्तबीमा रहेको मुद्दा जगाउँदै २०७६ फागुन २१ गते अरुणलाई पूर्वपक्षका लागि दैलेख कारागार चलान गरेको थियो।

आइतबार भएको बहसमा जिल्ला सरकारी वकील कार्यालयको तर्फबाट न्यायाधिसहरु हरिप्रसाद घिमिरे र रुकमेदा पोखरेल र प्रतिवादीको पक्षमा एकराज भण्डारी, शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गरेका थिए।

डेकेन्द्रराज थापाका आरोपीलाई जन्मकैदको फैसला भएसँगै अब द्वन्दकालीन मुद्धाहरु हेर्न सकिने नजिर बन्ने सम्भावना बढेको छ।

विस्तृत शान्ति सम्झौतामा द्वन्दकालमा भएका घटनाको छानविन तथा न्यायनिरुपन सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरेर किनारा लगाउने दलहरुबीच सहमति भएको थियो। शान्ति प्रक्रियापछि सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन गर्‍यो। यी दुबै आयोग अहिले पनि सक्रिय छन्। तर न बेपत्ता आयोगले बेपत्ता पारिएकाहरुको सत्यतथ्य सार्वजनिक गरेको छ न त सत्य निरूपण तथा मेलमिलाप आयोग द्वन्दकालीन घटनाका पीडितहरुलाई न्याय दिन सकेको छ। द्वन्दकालीन घटनाका पीडितहरुले न्याय पाउन नसकिरहेका बेला डेकेन्द्रराज थापाको मुद्धाले फैसलाले न्यायको आश जोगाएको छ।

स्वर्गीय पत्रकार थापा दैलेखबाट रेडियो नेपालका लागि रिपोटिङ गर्थे। हत्यापछि माओवादीले थापाको शव गाडीको स्थानलाई लामो समयसम्म गोप्य राखेका थिए। शान्ति प्रक्रियापछि राष्ट्रिय मानव अधिकार आयोगको सक्रियतामा थापाको कंगाल उत्खनन् गरिएको थियो। परीक्षणपछि २०६५ साउन १८ गते परिवारले दाहसंस्कार गरिएको थिए।

प्रकाशित: Dec 13, 2021| 10:57 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।