बिहीबार, असोज २९, २०८३

कर्णालीमा छायांकन सकेर फर्कियो 'बुलाकी' टिम

कर्णाली प्रदेशको जनजीवन, रीतिरिवाज र संस्कृतिलाई झल्काउने गरी प्रस्तुत गर्न लागिएको फिल्म 'बुलाकी'को छायांकन सकिएको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- कर्णाली प्रदेशको जनजीवन, रीतिरिवाज र संस्कृतिलाई झल्काउने गरी प्रस्तुत गर्न लागिएको फिल्म 'बुलाकी'को छायांकन सकिएको छ। तिहारलगत्तै डोल्पाबाट सुरु गरिएको छायांकनमा मुगु र जाजरकोटका विभिन्न स्थानमा समेत समेटिएको निर्माण पक्षले जानकारी दिएको छ। करिब एक महिना निरन्तर छायांकन गरी सुटिङ युनिट हालै राजधानी फर्किएको हो। 

मोति विष्टको प्रस्तुति र गोपाल विष्टको निर्माण रहेको फिल्मको निर्देशक लक्ष्मण सुनार हुन्। फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले, अमीत परियारलगायतको अभिनय फिल्ममा देख्न सकिने निर्माण पक्षले जानकारी दिएको छ।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’का छायाकार शिव ढकाल हुन्। फिल्ममा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ। निर्देशक सुनारले फिल्ममा समावेश हुने दुई गीतको सुटिङ भने केही समयपछि हुने जानकारी दिए। 

प्रकाशित: Dec 12, 2021| 13:38 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।