शुक्रबार, वैशाख ७, २०८१

महाधिवेशनको मुखैमा किताबको ओइरो

छापिएका सबै किताब बिकोस् भन्ने हुन्छ, जो कोही लेखक–प्रकाशकलाई। तर, सोचेजस्तो बिक्दैन। किताब व्यवसाय कमजोर हुँदै गइरहेको बेला केही थान किताब बेच्न पाउनु अवसर पनि हो।
 |  आइतबार, मंसिर २६, २०७८

राज सरगम

राज सरगम

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– प्रायः साहित्यिक मेलाहरु नजिकिँदै गर्दा पुस्तक प्रकाशन हुन्थे तर यसपालि अलि फरक भयो। काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेस र कांग्रेसका नेतामाथि लेखिएका झन्डै आधा दर्जन किताब विमोचन भए। अधिवेशनको मुखैमा हरियो रुख अंकित किताबको ओइरो आउनुलाई संयोग मान्ने कि सुनियोजित? 

triton college

‘महारानी’बाट २०७६ को मदन पुरस्कार पाएको शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल यसलाई संयोग ठान्छन्। भन्छन्, ‘लकडाउनका कारण विमोचन हुन रोकिएका पुस्तकहरु संयोगले महाधिवेशनको मुखैमा धमाधम बिमोचन भए।’ शिखा बुक्सले कांग्रेसमाथि आस्था राख्ने लेखकहरुको आधा दर्जन बढी किताब प्रकाशन गरेको छ।

मंसिर २१ गते गगन थापालाई प्रमुख अतिथि बनाएर शंकर तिवारीले लेखेको पुस्तक ‘कसले सुधार्छ कांग्रेस’ बजारमा सार्वजनिक गरियो। मंसिर २२ गते चिरञ्जीवी नेपालद्वारा लिखित पुस्तक ‘बीपी कोइरालाको आर्थिक विचार’ झम्सीखेलमा विमोचन भयो। गगन थापा प्रधान सम्पादक रहेको पुस्तक ‘नेपाली कांग्रेस ऐतिहासिक दस्तावेज’, पुरुषोत्तम बस्नेतद्वारा लिखित ‘नेपाली कांग्रेसको ऐतिहासिक प्रारुप’, जगत नेपालद्वारा लिखित ‘गणतन्त्र यात्रा, गिरिजाप्रसाद कोइरालाको संघर्षको ६ दशक’ जस्ता किताब यसै महाधिवेशनभित्र सार्वजनिक गर्ने तयारीमा छ। 

छापिएका सबै किताब बिकोस् भन्ने हुन्छ, जो कोही लेखक–प्रकाशकलाई। तर, सोचेजस्तो बिक्दैन। किताब व्यवसाय कमजोर हुँदै गइरहेको बेला केही थान किताब बेच्न पाउनु अवसर पनि हो। महाधिवेशनमा हुने भीडले किताब बेच्न पनि सकिने देख्छन् पौडेल। भन्छन्, ‘महाधिवेशनमा किताब बेच्न सकिने भएकोले यो संयोग जुरेको पनि हो।’

किताब भनेको मेला महोत्सवको सन्दर्भ पारेर निकालिनु पर्ने हो। पार्टीका मुखपत्र जस्तो बनाएर किताब छापिनु सम्बन्धित कार्यक्रमलाई लक्षित गरेर निकाल्नु नै हो। प्रकाशक र लेखक बीचको सोचमा पनि निर्भर हुन्छ नै। तर, लकडाउनले नेपाली पुस्तक बजार ध्वस्त भइरहेको बेला कांग्रेसको महाधिवेशनलाई छेको पारेर किताब प्रकाशन हुन आफैंमा नराम्रो चाहिँ होइन।

corrent noodles
Metro Mart

बुक हिलका प्रकाशक भुपेन्द्र खड्का संयोग कम सुनियोजित बढी मान्छन् यसलाई। ‘नेताहरु तथा राजनीति गर्नेहरुले बाह्य किताब पढ्छन् जस्तो लाग्दैन। पढ्थे भने चेतनाको स्तर नै अर्को हुन्थ्यो। सर्वकालिक यस्ता किताब प्रकाशन गर्न सकिन्थ्यो,’ उनी भन्छन्, ‘संस्था र व्यक्तिमाथि लेखेर कार्यकर्तालाई अभिप्रेरित गर्नु शिवाय अरु केही हुँदैन।’

छापिएका सबै किताब बिकोस् भन्ने हुन्छ, जो कोही लेखक–प्रकाशकलाई। तर, सोचेजस्तो बिक्दैन। किताब व्यवसाय कमजोर हुँदै गइरहेको बेला केही थान किताब बेच्न पाउनु अवसर पनि हो।

महाधिवेशनको मुखमा किताब निस्किँदा प्रचारप्रसारमा सहयोग पुग्ने देख्छन् प्रकाशक इन्डिको इङुकका विष्णु पौडेल। ‘महाधिवेशनको प्रचारप्रसारमा सहयोग पुग्न सक्छ। व्यापारमा खासै अन्तर हुँदैन,’ उनले भने। 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ मंसिर आठ गते प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा विमोचन भएको थियो। अबको कांग्रेस कस्तो हुनुपर्ने भन्ने विषयमा केन्द्रित रहेको पुस्तक महाधिवशेन आसपास प्रकाशन गर्दा खुशी छिन्, संग्रौला। ‘कांग्रेसमा नयाँ पुस्ताको बाक्लो प्रवेश छ। उनीहरुले नेपाली कांग्रेसको अबको बाटो कस्तो हुनुपर्छ भन्ने विषयमा जान्न पाउनेछन् मेरो पुस्तकबाट’, उनले भनिन्, ‘पुस्तकले नयाँ पुस्तालाई इन्करेज गर्छ। पार्टीप्रति आस्था बढाउँछ।’ अधिवेशनमा आफ्नो किताब बिकिरहेको देख्दा उनी खुशी छिन्। ‘अधिवेशनमा नयाँ पुस्ताबाट पुस्तकको चर्चा सुन्न पाएँ, खुशी छु’, उनले भनिन्। 

उता, नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउन १२ दिन अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर १२ गते ‘कांग्रेसको अबको बाटो (रुपान्तरणका दश सूत्र)’ सार्वजनिक गरेका थिए। 

कांग्रेसमाथि लेखिएका यी पुस्तकहरु कांग्रेसको कमीकमजोरी केलाउने, पार्टी नेतृत्वले खेलेको भूमिकाको बारेमा खण्डन गर्न सकिने, राम्रा पक्षको प्रशंसा गर्न सकिने, पार्टीको भविष्य कस्तो हुनुपर्ने जस्ता विषयमा बहस छेड्न सक्ने आधार बन्न सक्छ। तर, यी किताब अघिपछि पनि आउनु पथ्र्यो, आएनन्। कम्तीमा आफूले आस्था राख्ने पार्टी र नेता माथि लेखेको पुस्तक पढ्छन् भन्ने चाहिँ हो। एकजना राजनीतिक विश्लेषक नजिकिँदो महाधिवेशनका कारण बहकिएर किताब लेख्न पुगेको बताउँछन्। उनले भने, ‘कोही बहकिएर, कोही बढी विद्वान हुन यस्ता अवसर खोज्छन्।’

राजनीति गर्ने कैयौंै व्यक्तिहरु गहिरो अध्ययन गर्दैनन् भन्ने गुनासो अध्ययनशिलहरु गर्छन्। अभ्यासले मात्र खारिएका नेतादेखि कार्यकर्तासम्मले पुस्तक अनिवार्य पढ्नैपर्ने हुन्छ। पार्टी र नेताको बारेमा थाहा पाइराख्न गहिरो अध्ययन गर्नुपर्ने हुन्छ। नयाँ पुस्ताले पार्टीको इतिहास र नेताको योगदानको बारेमा थाहा पाइराखुन् भन्ने हेतुले पनि महाधिवेशनको मुखमा कांग्रेसमाथि लेखिएका किताब निस्किएको देखिन्छ।

अधिवेशनमा भेटिएका नेता, प्रतिनिधि, कार्यकर्ताले एकअर्कालाई पढ्न सुझाव र सल्लाह दिने अवसर किताबले जुर्न पनि सक्छ।  महाधिवेशनमा बढी उत्साहित हुने भनेको युवाहरु हुन्। जिल्ला–जिल्लाबाट आएका प्रतिनिधिहरुका लागि अवसर पनि हो। उनीहरुलाई यस्ता किताब पढ्नैपर्छ भनी सिफारिस गर्न सकिने सम्भावना अत्यधिक हुन्छ। 

प्रकाशित: Dec 12, 2021| 13:30 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।