मंगलबार, भदौ २, २०८३

झापामा तोरी खेतीमा आकर्षण बढ्दो

झापामा खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। जसकारण केही वर्षयता तोरी खेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

झापा- झापमा बर्सेनि तोरी खेती बढ्दो छ। कृषिका लागि उर्वर मानिने झापामा सिँचाइको पहुँच बढेसँगै तोरी खेती बर्सेनि बढ्दै गएको छ। झापामा खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। जसकारण केही वर्षयता तोरी खेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।

तेल्हन बाली तोरी आर्थिक वर्ष ०७५/७६ मा चार हजार हेक्टरमा हुँदै आएको थियो। उक्त क्षेत्रफल बढेर आर्थिक वर्ष ०७६/७७ मा पाँच हजार पाँच सय हेक्टरमा हुन थालेको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए। यस्तै, यो क्षेत्रफल बढेर आर्थिक वर्ष ०७७/७८ मा पाँच हजार ३० हेक्टर पुगेको उनले जानकारी दिए। भट्टराईका अनुसार उक्त क्षेत्रफलमा ६ हजार ६ सय ३६ मेट्रिकटन तोरी उत्पादन भएको थियो।

‘पछिल्लो समय झापामा धेरै ठाउँमा सिँचाइ सुविधा पुगेको छ। जसकारण पनि तोरी खेती बढेको हो,’ उनले भने। यस्तै, उत्पादन लागत कमल हुँदा पनि तोरी खेती बढेको भट्टराई बताउँछन्। ‘तोरीमा उत्पादन लागत कम छ। उत्पादनमा खासै मिहिनेत पनि पर्दैन,’ उनी भन्छन्, ‘आम्दानी पनि राम्रो छ। जसकारण तोरी खेती बढेको हुनुपर्छ।’ कृषि ज्ञानकेन्द्रले तोरी ब्लक कार्यक्रम सञ्चालन गरेका कारण तोरीको उत्पादन क्षेत्र बढेको उनले बताए। 

तोरी खेतीका लागि उर्वर माटो चाहिने उनी बताउँछन्। तीन बालीसम्म लगाउन सकिने उत्पादकत्व क्षमता भएको खेत भएमा मात्र तोरी लगाउन मिल्ने उनी बताउँछन्। ‘तोरी उत्पादनका लागि वर्षमा तीन बाली दिन सक्ने खेत हुनुपर्छ। धान उठाएपछि असोज, कात्तिकमा तोरी लगाएर पुसमा निकाल्न सकिन्छ,’ भट्टराईले भने, ‘त्यसपछि पनि मकै र धानजस्ता बाली लगाउन सकिन्छ। त्यसकारण पनि तोरीको खेती बढेको छ।’

तेलका लागि प्रयोग हुने झापामा उत्पादित तोरीका लागि अन्य ठाउँमा बजार खोज्न नपर्ने उनले बताए। झापाको तारी झापामै खपत हुने उनको भनाइ छ। 

पहिले पहिले मानिसले घरमा तेल प्रयोग गर्नका लागि मात्र सामान्य खेती हुन्थ्यो। तर, पछिल्लो समय युवाहरूको खेतीमा आकर्षण बढेकाले तोरी खेतीलाई व्यावसायिक बनाउन लगेको शिवसताक्षी नगरपालिकाका अगुवा किसान तुलसी बाँस्कोटाले बताए। उनले अन्य बालीमा भन्दा तोरीमा राम्रो आम्दानी गर्न सकिने जानकारी दिए। 

लामो कोरोना कहरले युवाहरू स्वदेशमै केही गरौं भन्नेहरूको संख्या बढ्न थालेको छ। जसकारण चालू आर्थिक वर्षमा युवा लक्षित कार्याक्रमलाई जोड दिइएको ज्ञान केन्द्रले जनाएको छ। जसको परिणामस्वरूप जिल्लामा कृषि उत्पादन बढ्दै गएको छ।  -न्युज कारखाना

प्रकाशित: Dec 12, 2021| 12:05 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।