काठमाडौं- केही दिनअघिसम्म शेयर बजारमा सुधार देखिएतापनि सोमबार दोहोरो अंकले नेप्से परिसूचक ओरालो लागेको छ। नेप्से बजार १.४७ प्रतिशत घट्दा नेप्से परिसूचक १७.९६ अंकले घटेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स समेत १.४७ प्रतिशतले घटेको छ।
नेपाल स्टक एक्स्चेन्च (नेप्से)को अनुसार सोमबार १६७ कम्पनीको कारोबार ४ हजार २४४ पटक हुदाँ १० लाख ९७ हजार ६७ पटक शेयरको खरिद बिक्री भएको छ । उक्त खरिद बिक्रीबाट ४१ करोड ८ लाख ३४ हजार ८७७ रुपैयाँको कारोबार भएको छ।
नेप्सेमा आएका अधिकांश समूहको परिसूचक घटेको कारणले नेप्से राताम्य देखिएको छ। सोमबार व्यापार तथा उत्पादनमुलक समूहबाहेक सबै समूहको अंक घटेको छ।
जसमा सबैभन्दा बढी बीमा समूहको नेप्से परिसूचक १३०.४२ अंक घटेको हो भने सबैभन्दा कम फाइनान्स समूहको परिसूचक ४.५१ अंक घटेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४