बुटवल- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई पार्टी विभाजन हुँदा एमालेमै रहेक १० भाइ आफूसँग आउनेमा आशावादी देखिएका छन्।
अध्यक्ष नेपालले एमालेको महाधिवेशनपछि असन्तुष्ट १० भाइ फर्केमा स्वागत गर्ने बताएका हुन्। चितवनमा भएको एमालेको महाधिवेशनपछि १० भाइ भनेर चर्चामा आएकाहरुलाई त्यहाँ बस्न नसके एकिकृत समाजवादीमा स्वागत गर्न कुनै अप्ठ्यारो नहुने बताए।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने, 'बिहान हराएको परिवारका सदस्यलाई साँझ घर नआउदैमा हराएको भन्न त भएन नी।’
नेपालले ती नेताहरुसँग छलफल कुराकानी भएकोबारे भने केही बताएनन्। तर, उनले एमालेको चितवनमा भएको महाधिवेशनले विद्रोह गर्नुको औचित्य पुष्टि गरेको बताए। चितवनमा भएको महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिँदै संविधान, लोकतन्त्रको रक्षाका लागि आफैंले बनाएको पार्टीबाट विद्रोह गर्नुपरेको उनले बताए।
उनले केपी ओलीलाई सुधार्न सकेको भए यो स्थिति नै नआउने बताए। ओलीको प्रवृत्ति र बानी सुधार्न नसक्ने बताउँदै भने, 'उहाँ (ओली) को चरित्र बुझ्न केही समय लाग्नसक्छ।’ उनले बानी सुधार्न कठिन हुने दृष्टान्तका रुपमा हिटलरलाई उभ्याए।' सुध्रने भए त हिटलर सुन्ध्रिन्थेँ नी, हिटलरलाई श्रीमतले समेत सुधार्न सक्नुभएन,’ ओलीको बानीसँग तुलना गर्दै नेपालले भने– 'ओलीलाई सुधार्न नसक्ने भएकै कारण यो अवस्था सृजना भएको हो।’
नयाँ पार्टी गठन गर्नुभन्दा एमालेमै बसेर संर्घष किन नगरेको भन्ने पत्रकारको प्रश्नमा नेपालले भने, 'झ्याल ढोका बन्द गर्न थालेपछि कहाँ जाने ? पुष्पलाल जीवत भए उहाँलाई सोध्नहुन्थ्यो, केशरजंगशाहसँग किन नबसेको भनेर।’
उनले कोर्डिनेशन केन्द्रदेखि आफै संलग्न भएको पार्टी गलत नेतृत्वको कब्जामा पुगेपछि आफैले बनाएको पार्टीबाट विद्रोहमा उत्रनुपरेको बताए।
राजालाई राप्रपाको अध्यक्ष हुन आग्रह
अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति पनि आक्रोश व्यक्त गरे। राजनीति गर्ने मन भए राप्रपाको अध्यक्ष भएर वा अरु कुनै पार्टी खोलेर आउन उनले पूर्वराजालाई चुनौती दिएका छन। इतिहास अगाडि गइसकेको बताउँदै अब राजतन्त्रको भूत जगाउने सपना नदेख्न आग्रह गरे। 'इतिहास निकै अगाडि पुगिसक्यो, राजतन्त्रको भूत नलिए हुन्छ,' म राजेन्द्र लिङदेनलाई भन्छु, 'देश अगाडि बढिसक्यो, कसैको साराहा लिन नखोज्नुस्’ नेपालले भने –‘राजनीति गर्ने मनै भए ज्ञानेन्द्र राप्रपाको अध्यक्ष भए हुन्छ।’ उनले जनता पूरानो इतिहास दोह¥याउने पक्षमा नभएको बताए।
दलहरुमा राजतन्त्रको किन त्रास भन्ने पत्रकारको जिज्ञासामा नेपालले भने- 'आफ्नै आँखाले देखेपछि र सुनेपछि विरोध त गर्नेप¥यो, होईन।’ नेपालले प्रतिगमन सधैं खतराको शक्ति हुने भएकाले जनता सजग बनाउन राजतन्त्रको विरोध गरेको बताए। उनले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएकाले जनताले नै नपत्याउने कुरा नगर्न आग्रह गरे।
पहिला राष्ट्रियसभासम्म गठबन्धन, त्यसपछि गठबन्धन बढ्छ
पूर्वप्रधानमन्त्री एवं पाँचदलीय गठबन्धनका एक हिस्सेदार दलका अध्यक्ष नेपालले नजिकै आउदै गरेको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने बताए।
उनले राष्ट्रियसभाको निर्वाचनमा पाँचदलविच गठबन्धन हुने सहमती भइसकेको बताए। उनले २०७४ मा केपि ओलीले नै माओवादी र राप्रपासँग समेत गठबन्धन गरेकाले अहिले नाजायज नहुने बताए। उनले काँग्रेस महाधिवेशन पछि सरकारले गती लिने बताए। उनले घुमाउरो पारामा सरकारको कामबारे असन्तुष्टि पोखे।
अधयक्ष नेपाल नेकपा एकिकृत समाजवादी रुपन्देहीले आयोजना गरेको प्रशिक्षण भेलामा सहभागी हुन बुटवल आएका हुन्।