काठमाडौं- काठमाडौंमा शनिबार यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ।
यो यस वर्षको सबैभन्दा कम तापक्रम हो। यसअघि मंसिर १ गते न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन भएको थियो। मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका सहित देशभर अझै तापक्रम घट्ने अनुमान गरेको छ।
विभागका अनुसार जुम्लामा देशमै सबैभन्दा धेरै चिसो मापन गरिएको छ। जुम्लामा शुक्रबार साँझको न्यूनतम तापक्रम माइनस ४.३ डिग्री सेल्सियस रहेको थियो।
चिसो बढ्ने क्रममा रहेकाले बालबालिका, वृद्धवृद्धाको सुरक्षामा ध्यान दिन विभागको आग्रह छ।