शुक्रबार, चैत ६, २०८२

थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउँदै

नेपाल थप ६ लाख २० हजार डोज कोरोना खोप आउने भएको छ। कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने भएको हो।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाल थप ६ लाख २० हजार डोज कोरोना खोप आउने भएको छ। कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने भएको हो। आगामी पुस ९ गते उक्त खोप नेपाल आइपुग्ने भएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले जनाएको छ।

National life

कोभ्याक्समार्फत दोस्रो चरणमा उक्त खोप आउन लागेको हो। यसअघि कात्तिक ८ गते १ लाख ६२० डोज फाइजर खोप आइसकेको छ।

पहिलो चरणमा आएको खोप १२ वर्ष माथिका दीर्घ रोगी र १९ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिइएको थियो। अब आउने खोप ती जिल्लामा खोप पाउन बाँकि रहेका बालबालिकालाई दिइने बताइने महाशाखाले जनाएको छ।

यस्तै आइतबार कोभ्याक्स मार्फत १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउँदै छ। सरकारले पुस ४ गते देखि सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारीको छ।

प्रकाशित: Dec 11, 2021| 08:06 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्