सोमबार, भदौ २९, २०८३

माओवादी प्रदेश १ अध्यक्षमा तीन जनाको दाबी

नेकपा माओवादी केन्द्र प्रदेश १ मा तीन जनाले दाबी गरेका छन्। शनिबार मोरङको विराटचोकमा हुने प्रथम अधिवेशन सुरु हुँदैछ।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

विराटनगर‒ नेकपा माओवादी केन्द्र प्रदेश १ मा तीन जनाले दाबी गरेका छन्। शनिबार मोरङको विराटचोकमा हुने प्रथम अधिवेशन सुरु हुँदैछ। अधिवेशनको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअल रूपमा उद्घाटन गर्ने छन्। 

प्रदेश अध्यक्षमा वर्तमान अध्यक्ष सुरेशकुमार राई (हिमाल), प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो (मौसम) र प्रदेश सचिव हेमराज भण्डारी अध्यक्षका आकांक्षी छन्। प्रदेश अध्यक्षमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले हस्तक्षेप नगरे निर्वाचन हुने नेताहरूले बताएका छन्। 

वर्तमान अध्यक्ष राईलाई नै निरन्तरता दिने सोचमा अध्यक्ष दाहाल रहेको श्रोतको भनाई छ। उदयपुरका प्रतिनिधिसभा सदस्य राईको जनाधार समेत राम्रो रहेकाले उनलाई अध्यक्ष बनाउने प्रचण्डको तयारी रहेको माओवादीकै नेताहरूको भनाई छ। प्रदेश अध्यक्ष राईले सहमतिका लागि प्रयास भइरहेको बताए।  

युवाहरूमा लोकप्रिय मानिएका नेता आङ्वो नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेता पनि हुन्। वर्तमान प्रदेश सचिव भण्डारी पनि अध्यक्षको उम्मेदवारको लाइनमा छन्। आङ्वो अध्यक्षका लागि नेताहरूसँग लबिङ गरिरहेको श्रोतको भनाई छ। 

धनकुटाका भण्डारी संविधान सभा सदस्य हुन्। माओवादीबाट जितेका जनप्रतिनिधिहरू रोक्न नसकेको आरोप खेप्नुपरेका भण्डारीसँग धनकुटामा पार्टी कमजोर भएपछि पार्टी अध्यक्ष प्रचण्ड समेत रुष्ट बनेको बताइएको छ। 

प्रदेश अधिवेशनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष सहित २६९ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ।

प्रकाशित: Dec 11, 2021| 07:22 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।