आइतबार, जेठ १७, २०८३

अनुगमनका लागि विमानस्थलको शौचालयमा पर्यटनमन्त्री छिरेपछि...

पर्यटन नागरिक तथा उड्डयन मन्त्री प्रेम आलेले विराटनगर विमानस्थल पुगेर शौचालयको अनुगमन गरेका छन्। विराटनगर विमानस्थलमा पुगेका मन्त्री आलेले शौचालयको अनुगमन गरेका हुन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

विराटनगर– पर्यटन नागरिक तथा उड्डयन मन्त्री प्रेम आलेले विराटनगर विमानस्थल पुगेर शौचालयको अनुगमन गरेका छन्। विराटनगर विमानस्थलमा पुगेका मन्त्री आलेले शौचालयको अनुगमन गरेका हुन्। 

National life

विमानस्थलभित्र फोहोर देखेपछि उनी शौचालयको अनुगमन गर्न गएका थिए। शौचालय अनुगमन गर्दै उनले कार्यालयलाई सफा राख्न निर्देशन दिएका छन्। मन्त्री आउने भएपछि बिहानैदेखि कार्यालयको सरसफाइ गरिएको थियो। उनले फोहोर देखेपछि कर्मचारीहरूसँग रिसाउँदै कार्यालयको सौन्दर्यता बढाउनसमेत निर्देशन दिएका थिए।

मन्त्री आलेले विराटनगर विमानस्थलमा कनभियर बेल्ट बनाउने आश्वासनसमेत दिएका छन्। प्रदेशको राजधानीमा रहेको विमानस्थल व्यस्त हुने गरेको र यात्रुहरूका झोलालगायतका अन्य सामाग्री दिँदा विभिन्न झन्झट बेहोर्नु परेको  गुनासो कर्मचारीले सुनाएका थिए। कर्मचारीको गुनासो सुनेपछि मन्त्री आलेले कनभियर बेल्ट बनाउने आश्वासन दिएका छन्। स्टिमेट गरेर मन्त्रालय पठाउन समेत उनले कर्मचारीलाई निर्देशन दिएका थिए। 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आलेले विराटनगर विमान स्थलको स्तर उन्नतिको काम गर्ने बताएका छन्। विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न भन्दै तीन वटै तहका सरकारबीच सम्झौता भएको डेढ वर्ष बितिसक्दा समेत निर्माणको काम सुरु नभइरहेका बेला मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन्। 

२०७७ भदौ २० गते विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी इन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्डयन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले विमानस्थल स्तरोन्नति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

Shivam cement

विमानस्थलको धावन मार्गको लम्बाइ तीन हजार मिटरसम्म विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जग्गा अधिग्रहणमा हुने खर्चको ५०र५० प्रतिशत साझेदारी गर्ने गरी सम्झौता गरिएको थियो । संघीय सरकारले ५० प्रतिशत तथा प्रदेश र स्थानीय सरकारले ५० प्रतिशत खर्चको व्यवस्थापन गर्ने गरी सम्झौता भएको थियो ।

सरकारले १२६ दशमलव ४६ बिगाहा जमिन अधिग्रहण गर्न जग्गा रोक्का समेत गरिसकेको छ । जग्गा रोक्का गरिए पनि मुआब्जा दिने विषय अगाडि बढेको छैन । मुआब्जा दिने रकमको जोहो नै नगरी सरकारले जग्गा रोक्का गरिदिए पछि पीडितहरू समेत आन्दोलन गरिरहेका छन् । 

मन्त्री आलेले भने सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले बजेट छुट्याउने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत हरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विराटनगर धनगढी र निजगढको कामका लागि बजेटको व्यवस्थापन गर्न भन्नु भएकोले बजेटको व्यवस्थापन गर्ने उनले बताए ।

–न्युज कारखाना

प्रकाशित: Dec 11, 2021| 00:10 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।