शनिबार, जेठ २, २०८३

ओखलढुंगामा दुई सातामा १९ हजारलाई कोरोनाविरुद्धको खोप

५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छ।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

National life

ओखलढुंगा- ओखलढुंगामा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान तिव्र पारिएको छ। ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छ। 

जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएको खोप पहिलो चरण लगाएकालाई दोस्रो र पहिलो चरण छुटेकालाई पहिलो डोज खोप लगाइएको हो। एक सय ७५ वटा खोप केन्द्रमा सञ्चालित खोप अभियानबाट १९ हजार नागरिक लाभावन्वित भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अहमद मन्सुरीले जानकारी दिए।

खोप अभियानमा छुटेका नागरिकलाई स्वास्थ्य संस्थाबाट समेत खोप  दिने व्यवस्था गरिने उनको भनाइ छ। जिल्लामा यसअघि पनि दुई चरणमा खोप अभियान सञ्चालन भइसकेको छ। 

प्रकाशित: Dec 10, 2021| 14:03 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्