आइतबार, जेठ १७, २०८३

प्रदेश १ : प्रतिघर एक जना विदेशमा

सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलले सोसल साईन्सको अध्ययन अनुसार सो तथ्याङ्क देखिएको बताए।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

विराटनगर- प्रदेश १ मा प्रतिघर एक जना व्यक्ति विदेशमा रहेको पाईएको छ। प्रदेश भित्रमा २६ दशमलव ३५ प्रतिशत घरहरुमा गरिएको अध्ययन अनुसार एक सदस्य विदेशमा रहेको पाईएको हो।

National life

सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलले सोसल साईन्सको अध्ययन अनुसार सो तथ्याङ्क देखिएको बताए। प्रदेश स्तरीय आप्रवासन तथा दिगो विकास सम्वन्धमा आयोजित एक कार्यक्रममा उपसचिव पोखरेलले छलफल २६ दशमलव ३५ प्रतिशत घरहरुको अध्ययनमा  ८३ दशमलव  ३ प्रतिशत आप्रवाशी पुरुष  र १२. ३ प्रतिशत महिला रहेको बताए। पोखरेलले आप्रवासनको मुख्य कारण अध्ययन तालिम, साथ लागेर जाने, स्वरोजगार व्यवसाय, परिवारसँग संवन्धित कारण, बेलायती तथा भारतीय सैनिक आदी रहेको बताए। 

रोजगारिका लागि भारत जाने मामलामा धेरैजसो परिवारको सदस्यहरुको सहयोगमा गएको पाईएको उनले बताए। प्रदेश १ बाट भारत वाहेक अन्य देशमा भने ७५.२५  कामदारहरु म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा गएको पाइएको उनको भनाई छ। उनले भने, ‘विदेश जानुअघि पाँच जनामा एक जना २० प्रतिशतले मात्र सीपमुलक तालिम लिएको अध्ययनमा देखियो।’  भारत जानेहरुमा अझ कम रहेको उनले बताए। 

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) नेपालका प्रज्वल शर्माले कोभिड ‒१९ कारण १० लाख नेपाली वैदेशिक रोजगारीबाट फर्केको बताए। वार्षिक रुपमा पाँच लाख  १५ हजार नेपाली रोजगारीका लागि विदेश जाने गरेको अध्ययनले देखाएको उनले बताए।  

वैदेशिक रोजगारीका लागि ९० प्रतिशत  नेपालीहरु खाडी मुलुक तथा मलेसिया जाने गरेका छन्। रोजगारीमा जानेमध्ये ५६ प्रतिशत अदक्ष कामदार रहेका छन्। पछिल्लो ७ वर्षको अवधिमा पाँच हजार ६८६ नेपालीको विदेशमा मृत्यु भएको अध्ययनका क्रममा पाईएको शर्माले बताए।  

Shivam cement

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष  ०७८‒७९ मा श्रम तथा रोजगार क्षेत्रमा  ऐन, नियम, नीति तर्जुमा, स्थानीय तहहरुको रोजगार सेवा केन्द्रको सुदृढीकरण तथा रोजगार संयोजक क्षमता विकास, व्याण्ड भर्सेस ब्राण्ड  अवधारणाको सम्भाव्यता अध्ययन, प्रचार तथा प्रवर्द्धन, मेक इन नेपाल प्रवर्द्धन लगायतका कार्यक्रम गरिने योजना रहेको श्रम तथा रोजगार शाखाका अधिकृत प्रदिप गौतमले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले प्रदेश  भित्रका उद्योग, प्रतिष्ठानमा अवश्यक विषयगत जनशक्तिको तथ्याङ्क संकलन, अभिलेखीकरण सम्बन्धी पञ्चिकरण, श्रमजीवि युवा प्रोत्साहन लगायतका कार्यक्रम रहेका छन्।

प्रकाशित: Dec 10, 2021| 09:05 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।