काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ प्रमुख कार्यकारी अधिकृत (सिईओ) अर्थमन्त्रालयको उपचिव रमेश अर्याल नियुक्त भएका छन्।
नेकपा अध्यक्षसमेत रहेका केपी ओली नेतृत्वको सरकारले चन्द्रसिंह साउँदलाई बर्खास्त गरेपछि अर्याललाई नियुक्त गरेको हो। उनले सोमबारदेखि पदभार ग्रहण गरेका छन्।
नयाँ सिईओ अर्याललाई नेप्सेका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले पद तथा गोपनियताको शपथ गराएका छन् ।
अर्थमन्त्रालयले असार २२ गतेको मन्त्रीस्तरीय निर्णय बमोजिम अर्को व्यवस्था नभएसम्मकालागि प्रमुख कार्यकारी अधिकृतका रुपमा अर्याललाई सिफारिस गरेको हो। साथै आइतबार निवर्तमान प्रमुख कार्यकारी अधिकृत साउँदलाई बर्खास्तीको पत्र थमाइएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४