शनिबार, जेठ २, २०८३

परीक्षा बोर्डको अध्यक्षका लागि अन्तर्वार्तामा पाँचजना बोलाइए

राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूची (सर्ट लिस्ट) मा समावेश गरेको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

National life

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूची (सर्ट लिस्ट) मा समावेश गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्राडा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्राडा महानन्द चालिसे, डा महाश्रम शर्मा र प्राडा शोभाखर कँडेललाई सो सूचीमा राखिएको छ।

सूचीमा रहेका उम्मेदवारलाई अवधारणापत्र–कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि क्रमशः आगामी पुस १ र २ गते लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा समय निर्धारण गरिएको छ।

प्रकाशित: Dec 09, 2021| 11:03 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्